शुक्रबार, ७ वैशाख २०८१

अमेरिका विरूद्ध ‘चीन र इयूको मोर्चा

समयपोष्ट २०७४ चैत २३ गते १४:१३

चीनले शुक्रबार यूरोपेली यूनियन (इयू)लाई अमेरिकी संरक्षणवादविरूद्ध संयुक्त अडान राख्नुपर्ने बताएको छ ।

Advertisement

बेइजिङ र वासिङ्टनबीचको व्यापार तनाव ‘जस्तालाई तस्तै’ भन्ने बाटोमा अघि बढेपछि र यसबाट यूरोपसमेतलाई प्रभाव पार्ने खतरा देखिएका समय चीनको यो भनाई आएको हो

“चीन र इयूले संरक्षणवादविरूद्ध प्रष्ट अडान लिनुपर्छ र वहुपक्षीय व्यापार प्रणालीको स्थापित कानूनलाई जोगाउनु पर्छ जसले विश्व अर्थतन्त्रलाई सफल एवम् सही बाटोमा डो¥याउँछ,” इयूका लागि चिनियाँ मिसनका प्रमुख झाङ मिङद्वारा हस्ताक्षर भएको एएफ्पीलाई उपलब्ध गराइएको विज्ञप्तिमा उल्लेख छ ।

“यो चीन र इयूबीचको संयुक्त जिम्मेवारी हो । हामीले विश्व अर्थतन्त्रलाई सफल एवम् सही बाटोमा डो¥याउँन यस बिषयमा सहकार्य गर्नैपर्छ,” मिङले अमेरिकी ‘संरक्षणवादी कदम’को कडा शब्दमा विरोध गर्दै भन्नुभयो ।

प्रतिक्रिया

सम्बन्धित सामाग्री