बुधबार, १२ वैशाख २०८१

अन्तत् अरनिको राजमार्गको सिन्डिकेटले टेक्यो घुँडा

समयपोष्ट २०७४ चैत २२ गते ८:२६

सरकारले रुट इजाजत खारेजीको प्रक्रिया अघि बढाएपछि कोटेश्वरपूर्वका ११ वटा समितिले बिहीबारबाट यातायता सेवा सुचारु गरेका छन् । सरकारले अन्य कम्पनीलाई धुलिखेल र पनौतीबाट काठमाडौंसम्मको रुटमा इजाजत दिएपछि कोटेश्वरपूर्वका ११ वटा समिति आन्दोलनबाट पछि हटेका हुन् ।

Advertisement

ठूलो बस सञ्चालन गरिरहेका विभिन्न कम्पनीले धमाधम रुट इजाजत लिएर धुलिखेल र पनौतीसम्म सेवा विस्तार गरेपछि अन्तत् आन्दोलनरत व्यवसायीको केही जोड चलेन ।

मयुर यातायातले रुट इजाजत पाएपछि ११ वटा समितिले सवा रोकेर आन्दोलन गरेका थिए । तर, उनीहरुको आन्दोलनका बीचमा साझा, सिटी मेट्रो, महानगर र मयुर यातायातले काठमाडौं-बनेपा-धुलिखेल रुटमा इजाजत पाएका छन् ।

मयुर यातायातले बनेपासम्म मात्र सुरु गरेका बस सेवालाई धुलिखेलसम्म विस्तार गरेको छ । त्यसैगरी साझा यातायातले पनौती र धुलिखेलबाट सेवा दिन थालेको छ । साझाका १०-१० वटा बस धुलिखेल र पनौतीबाट चल्न थालेका छन् ।

सिटी मेट्रोले पनि बनेपासम्म रुट पाएको छ । महानगर यातायातले पनि रुट इजाजत लिन तयारी थालेको छ ।

प्रतिक्रिया

सम्बन्धित सामाग्री