बुधबार, ५ वैशाख २०८१

यातायात सिण्डिकेट तोड्दै सरकार, धुलिखेलसम्मको रुट इजाजत खुला

समयपोष्ट २०७४ चैत २१ गते ८:०७

कोटेश्वर पूर्वका ११ वटा समितिले अरनिको राजर्मागमा बस संचालन गर्न अटेर गरेपछि सरकारले अन्य व्यवसायीहरुलाई धुलिखेलसम्मको रुट इजाजत लिन आउन आह्वान गरेको छ ।

Advertisement

बुधबार यातायात व्यवस्था विभागले अरनिको राजमार्ग अन्तरगतको धुलिखेलसम्मको रुट इजाजत लिन आउन यातायात व्यवसायीहरुलाई आह्वान गरेको हो ।

विभागले यातायात सेवालाई गुणस्तरीय र भरपर्दो सेवा उपलब्ध गराउन पनि सबै यातायात व्यवसायीहरुलाई सचेत गराएको छ ।

अत्यावश्यक सार्वजनिक यातायात सेवा संचालन नगरेपछि विभागले काठमाडौं उपत्यकामा चलिरहेका अन्य यातायात व्यवसायी समितिहरुलाई धुलिखेलसम्मको रुट इजाजत दिने निर्णय गरेको हो ।

मयूर यातायातलाई काठमाडौं– बनेपा रुटमा बस चलाउने अनुमति दिएपछि यस रुट भएर चल्ने यातायात समितिहरुले ग्रामिण र सहरी दुवै क्षेत्रमा बस नचलाउने चेतावनी दिएका हुन ।

यातायात व्यवसायीहरुले यातायात सेवा संचालनमा नल्याउँदा यस क्षेत्रका सेवाग्राही मारमा परेका छन । विभागले रुट इजाजत लिने तर सेवा नदिने त्यस्ता यातायात व्यवसायीहरुको रुट इजाजत खारेज गर्ने चेतावनी समेत दिएको छ ।

विभागले सवारी तथा यातायात व्यवस्था ऐन अनुसार रुट इजाजत लिएका सवारी साधनहरु संचालनमा नआए इजाजत खारेज हुनेतर्फ यातायात व्यवसायीहरुलाई सचेत गराउँदै आएको छ ।

प्रतिक्रिया

सम्बन्धित सामाग्री