एमाले प्रवेश गरेको २४ घण्टामै माओवादीमा फर्किएका डल्लाकोटीले भेटे प्रचण्ड

धादिङको बेनिघाट रोराङ गाउँपालिकाका अध्यक्ष पित्त बहादुर डल्लाकोटी (हरि)ले पार्टी अध्यक्ष प्रचण्डलाई भेटेका छन् ।

Advertisement

एमाले प्रवेश गरेको २४ घण्टा बित्न नपाउँदै पुनः माओवादी केन्द्रमै फर्किएका डल्लाकोटी बुधबार प्रचण्ड निवास खुमलटारमा पुगेर प्रचण्डलाई भेटेका हुन् ।

भेटका क्रममा डल्लाकोटीले केही मान्छेको परिबन्दमा परेर आफू बालकोट पुगेको बताएका छन् ।

‘अध्यक्षज्यू, केहि मान्छेको परिबन्दमा परि बालकोट पुगेँ । यसमा मेरो गल्ती भो। तर मलाई मैले बनाएको पार्टी, कार्यकर्ता र मलाई निर्वाचित गर्ने जनताले २ दिनसम्म छोडेनन्, सुत्न नि दिएनन्’, डल्लाकोटीको भनाइ उदृत गर्दै प्रचण्डका स्वकीय सचिव रमेश मल्लले भने, ‘मैले आज मेरा कार्यकर्ता र जनताप्रति गर्व गर्छु ।र, म २ दिनमै घर फर्केको छु ।’

डल्लाकोटीको भनाइ सुनेपछि प्रचण्डले अब काममा फर्किन निर्देशन दिएका थिए । ‘अध्यक्ष कमरेड प्रचण्डले गल्ती गरेँ भनिसक्नु भो। अब काममा फर्कनुस् भन्नुभयो’, मल्लले भने । माओवादीबाट निर्वाचित डल्लाकोटी सोमबार धादिङ एमालेका नेताहरुको साथ लागेर पार्टी प्रवेशका लागि बालकोट पुगेका थिए ।

Advertisement

प्रतिक्रिया

सम्बन्धित सामाग्री