आइतबार, ६ जेठ २०८१

रिभर फल्सले चैत २७ गतेदेखि आइपिओ निश्कासन गर्ने

समयपोष्ट २०७८ चैत १८ गते १०:२३

Advertisement

रिभर फल्स पावर लिमिटेडले आईपीओ निष्काशन गर्ने भएको छ।

कम्पनीले चैत २७ गतेदेखि आयोजना प्रभावित क्षेत्रका वासिन्दाहरुका लागि आईपीओ निष्काशन गर्न लागेको हो।

कम्पनीले प्रतिशेयर १०० अंकित मूल्यका ७ लाख कित्ता साधारण शेयर निष्काशन गर्न लागेको हो। कम्पनीले आयोजना प्रभावित क्षेत्र अर्थात संखुवासभा जिल्लाका बासिन्दाहरुका लागि आईपीओ निष्काशन गर्न लागेको हो।

निष्काशन बन्द छिटोमा २०७९ बैशाख ११ गते हुनेछ भने ढिलोमा बैशाख २६ गते हुनेछ। आईपीओमा रिभर फल्स पावर लिमिटेडकोा आयोजना कार्यालय, संखुवासभा, प्राइम कमर्सियल बैंकको खाँदवारी, तुम्लिङटार र सभापोखरी शाखा, प्रभु बैंकको खाँदवारी शाखा र ग्लोबल आइएमई बैंकको खाँदवारी र चैनपुर शाखा कार्यालयबाट आवेदन दिन सक्नेछन्।

Advertisement

यसका साथै नेपाल धितोपत्र बोर्डबाट स्वीकृतिप्राप्त गरेका सम्पूर्ण सी–आस्वा सदस्य बैंक तथा वित्तीय संस्था र तिनका शाखा कार्यालयबाट आवेदन दिन सकिनेछ।

कम्पनीको शेयर निष्काशन तथा बिक्री प्रबन्धक प्रभु क्यापिटल लिमिटेड रहेको छ। लगानीकर्ताले न्यूनतम १० कित्ता शेयर खरिदका लागि आवेदन दिनुपर्नेछ भने अधिकतममा एक लाख कित्ताका लागि आवेदन दिन सक्नेछन्।

आईपीओ निष्काशनका लागि गराएको रेटिङ्गमा कम्पनीलाई केयर रेटिङ्ग नेपालले केयर एनपी डबल बी माइनस आईएस रेटिङ्ग प्रदान गरेको छ। यसले कम्पनीको दायित्व बहन गर्ने क्षमतामा मध्यम जोखिम रहेको संकेत गर्दछ।

प्रतिक्रिया

सम्बन्धित सामाग्री