श्रीमान् अरु महिलासँग नसल्किउन् भनेर महिलाले अपनाउन थाले यस्ता नयाँ तरिका
समयपोष्ट
२०७८ वैशाख १५ गते २०:१८
श्रीमान्को धोकाबाट बच्नका लागि महिलाले नयाँ तरिकाको खोजी गरेका छन् । यस्तो तरिका जसबारे थाहा पाउँदा हरेक व्यक्ति जिल खान्छन् । पार्टनरले आफूलाई धोका नदिउन् र अन्य महिलासँग नसल्किउन् भनेर महिलाले आफ्ना श्रीमान्लाई औषधी खुवाइरहेका छन् । यो कुनै साधारण औषधी होइन, पुरुषलाई नपुंसक बनाउने औषधी हो ।
ग्लोबल टाइम्सको एक रिपोर्ट अनुसार चीनमा श्रीमतीले आफ्ना श्रीमान्लाई गोप्य तरिकाले यस्तो औषधी खुवाइरहेका छन् जसका कारण उनीहरु नपुंसकताको शिकार हुने गर्छन् । केही चिनियाँ श्रीमतीले आफ्ना श्रीमान्लाई गोप्य तरिकाले डायगाइलस्टीलबेस्ट्रोल खुवाइरहेको पत्ता लागेको छ । यो औषधी एक प्रकारको सिन्थेटिक एस्ट्रोजन हो जसले पुरुषलाई इरेक्सनबाट रोक्ने गर्छ । चीनमा हालै यस्ता किस्सा कहानी सोसल मिडियामा निकै भायरल भएका छन् ।
प्रतिक्रिया