बिहीबार, १३ वैशाख २०८१

के हो ‘माइ सेकेण्ड टिचर’

समयपोष्ट २०७८ वैशाख १३ गते ११:४५

Advertisement

नेपालको शैक्षिक गुणस्तरमा सुधार ल्याउने उद्येश्य सहित नयाँ वर्षदेखि इ–लर्निङ प्लेटफर्म ‘माइ सेकेण्ड टिचर’ सार्वजनिक भएको छ । सफ्टवेयर कम्पनी इनोभेट टेकले देशभर उपलब्ध हुने गरी यो नयाँ प्लेटफर्म सार्वजनिक गरेको हो ।

‘माइ सेकेण्ड टिचर’ अनलाइन प्लेटफर्म हो जसमा विभिन्न विषयका समसामयिक अवधारणा, पाठ्यक्रमका विषयवस्तु र दैनिक जीवनका अनुभवलाई शिक्षण पद्धतिसँग जोडेर अन्तर्क्रिया भिडियो सामग्रीमार्फत् विद्यार्थीलाई पढाउन सकिन्छ।

यो प्लेटफर्ममा अनलाइन ट्युटर सेवा, प्रत्येक विद्यार्थीको सही मूल्यांकन गर्न आर्टिफिसियल इन्टेलिजेन्सको प्रयोग गरी बनाइएको डाइगोनोस्टिक रिपोर्ट, कुनै पनि समयमा विद्यार्थीको क्षमता परीक्षण गर्न मिल्ने टेस्ट पेपर लगायतका विशेषताहरू छन्।

‘माइ सेकेण्ड टिचर’ ले हाल एसइई परीक्षाको तयारी गरिरहेका विद्यार्थीलाई लक्षित गर्दै कक्षा १० को अनिवार्य विषयका शिक्षक विद्यार्थीको कुराकानीमा आधारित अन्तर्किया भिडियो सामग्री पनि देशभर उपलब्ध गराउने बताएको छ।

इनोभेट टेकका संस्थापक अध्यक्ष सुलभ बुढाथोकीका अनुसार यस्तो आधुनिक शैक्षिक प्लेटफर्मले शिक्षक र विद्यार्थीबीच सहजता ल्याउनुको साथै नेपालको शैक्षिक गुणस्तरमा सुधार ल्याउन सक्छ ।

‘माइ सेकेण्ड टिचर’ विश्वका १८ वटा विकसित देशका सयौँ क्याम्ब्रिज स्कुलहरूले प्रयोग गर्दै आएका छन्। यो प्लेटफर्म सन् २०२० मा एसिया प्यासिफिक क्षेत्रका उत्कृष्ट १० इ–लर्निङ प्लेटफर्मको सूचीमा पर्न सफल भएको थियो।

प्रतिक्रिया

सम्बन्धित सामाग्री