बिहीबार, १३ वैशाख २०८१

सेनाको हौसला बढाउन युद्ध क्षेत्रमा पुगेका चाडका राष्ट्रपतिलाई गोली लाग्यो

समयपोष्ट २०७८ वैशाख ८ गते १२:२२

Advertisement

अफ्रिकी मुलुक चाडका राष्ट्रपति इद्रिस डेबी मारिएका छन् ।

राष्ट्रपति डेबी गत साता लिवियासंगको सीमा नजिकको क्षेत्रमा सेनाले विद्रोहीसंग संघर्ष गरिरहेको बेसमा पुगेका थिए ।

लिवियासँगको सीमा जोडिएको उत्तरी क्षेत्रमा सेना र विद्रोहीबिच भएको भिडन्तमा ६८ बर्षिय राष्ट्रपति डेबी मारिएको अल जजिराले जनाएको छ ।

राष्ट्रपतिको निधनसंगै सरकार र संसद विघटन गरिएको छ । सैन्य परिषद्ले आगामी १८ महिनासम्म मुलुकको नेतृत्व गर्ने जनाइएको छ ।

सोही समयमा बोर्डर पोष्टमा विद्रोहीले आक्रमण गरेका थिए । शनिवारबाट शुरु भएको भिडन्तमा ३ सय जना विद्रोही र १ सय ५० जना पक्राउ परेका छन् ।सेनाका जर्नेलले भिडन्तमा पाँच जना सेनाको मृत्यु र ३६ जना घाईते भएको बताएका छन् ।

प्रतिक्रिया

सम्बन्धित सामाग्री