बिहीबार, १३ वैशाख २०८१

स्याङयोङ्गको नयाँ वर्ष अफर : पाँच लाखसम्म डिस्काउण्ट, दुई लाखसम्मको एक्सचेन्ज बोनस्

समयपोष्ट २०७८ वैशाख ५ गते १८:४५

Advertisement

नेपालको लागि स्याङयोङ्ग मोटर्सको आधिकारीक बिक्रेता एवम् आइएमएस ग्रुप अन्तर्गतको, आइएमएस मोटर्सले “स्याङयोङ्ग नव वर्ष अफर” ल्याएको छ ।

अफर अन्तरगत ग्राहकहरुले रेक्स्टन, टिभोलि अटोमेटिक ट्रान्स्मिसन र टिभोलि म्यानुवल ट्रान्स्मिसनमा क्यास डिस्काउण्ट ५ लाखसम्म पाउने कम्पनीले जनाएको छ । साथै २ लाखसम्मको एक्सचेन्ज बोनस् पनि प्राप्त गर्न सक्नेछन् ।

कम्पनीका अनुसार ग्राहकले एक वर्ष निःशुल्क बीमा,सात बर्ष सजिलो फाइनान्स,तीन बर्ष वारेण्टी,तीन वर्ष निःशुल्क सर्भिसिङ्गका साथै ११,००० बराबरको निःशुल्क एसेसरिज समेत प्राप्त गर्ने छन् ।

यो योजना बैशाख १ गते देखि बैशाख ३१ गते सम्ममात्र लागु हुँने कम्पनीले जनाएको छ ।

स्याङयोङ्ग कोरियाको चौथौ ठूलो गाडीहरु उत्पाद गर्ने कम्पनी हो । सन् १९५४ देखि सुरुवात गरिएको यस कम्पनीको गाडीहरु आफ्नो आधुनिक स्टाईल अनि उत्कृष्ट प्रदर्शनको लागि चिनिने गर्दछन् जसको मुल कारन कम्पनीका दक्ष इन्जिनियरहरु हुन् । यसका अन्य मोडलहरु जस्तै ए यु भि एस,पिक अप,ट्र्क्स र एम पि भि एसरहेका छन् ।

प्रतिक्रिया

सम्बन्धित सामाग्री