बिहीबार, १३ वैशाख २०८१

माछापुच्छ्रे बैंकद्धारा वागेश्वरी मन्दिरमा क्यु.आर. कोड सेवा सुरु

समयपोष्ट २०७८ वैशाख ३ गते १४:४६

Advertisement

माछापुच्छ्रे बैंकले नेपालगञ्जको पवित्र स्थल वागेश्वरी मन्दिरमा क्यु.आर. कोड सेवा सुरु गरेको छ ।

नेपाल राष्ट्र बैंकका गर्भनर महाप्रसाद अधिकारीले शुक्रबार नेपालगञ्ज स्थित पवित्र वागेश्वरी मन्दिरमा क्यु.आर. कोड मार्फत भेटी चढाई उक्त सेवाको सुरुवात गर्नुभएको हो ।

उक्त कार्यक्रममा बोल्दै राष्ट्र बैंकका गर्भनर अधिकारीले वागेश्वरी मन्दिरमा माछापुच्छ्रे बैंकले सुरु गरेको क्युआर कोड सेवाले भुक्तानी प्रणालीमा आधुनिकीकरणको सुरुवात गरेको र यस्तो प्रणालीले कारोबारमा पारदर्शिता ल्याउने बताउनुभयो । साथै उहाँले क्यु.आर. कोड सेवा अत्यन्त सरल र सुरक्षित रहेको र यो सेवाको प्रयोगबाट नयाँ नोटको छपाईका लागि हरेक वर्ष देशबाट बाहिरिने ठुलो धनराशी कटौती हुने हुदाँ सरकारलाई समेत यसबाट प्रत्यक्ष लाभ पुग्ने कुरा जानकारी गराउनुभयो ।

सोही कार्यक्रममा नेपालगञ्ज उपमहानगरपालिकाका मेयर डा. धवल शमशेर राणाले नेपालगञ्ज स्थित वागेश्वरी मन्दिरमा आधुनिक प्रणालीमा आधारित क्यु.आर.कोड सेवा सुरु गरेकोमा बैंकलाई धन्यवाद ज्ञापन गर्नुभयो ।

कार्यक्रममा बैंकका अध्यक्ष डा. विरेन्द्र प्रसाद महतोले पवित्र धार्मिकस्थल बागेश्वरी मन्दिरमा सुरु गरिएको क्युआर कोड सेवाले डिजीटल कारोबारलाई हरेक तह र तप्कासम्म पुर्याउने बैंकको अभियानमा मद्दत पुग्ने विश्वास व्यक्त गर्नुभयो ।

उक्त औपचारिक कार्यक्रममा आफ्नो स्वागत मन्तव्य राख्दै बैंक लि. का प्रमुख कार्यकारी अधिकृत सन्तोष कोइरालाले क्यु.आर.कोड बारेमा प्रकाश पार्नुभयो । साथै बांके जिल्लाका प्रमुख अधिकारी शिवराम गेलालले बैंकले बाँके जिल्लाको प्रसिद्ध पवित्र स्थल बागेश्वरी मन्दिरमा सुरु गरेको क्यु.आर. कोड सेवाको सफलताको लागि शुभकामना व्यक्त गर्नुभयो ।

आफुले प्रयोग गरेको बस्तु तथा सेवाको आफ्नै बैंक खाता मार्फत डिजिटल भुक्तानी गर्दा ग्राहकको साथै व्यापरीलाई समेत खुद्रा पैसाको झन्झट नहुने, बचत गर्ने बानिको विकास हुने, व्यापारीलाई हरेक दिन आफुले गरेको व्यापारबाट आएको पैसा जम्मा गर्न बैंकसम्म जानुनपर्ने लगायतका थुपै सुविधाहरुको कारणले गर्दा क्यु. आर. कोड सेवाको पछिल्लो समय सवै वर्ग र क्षेत्रमा आर्कषण बढ्दै गएको छ ।

बैंकले देशका विभिन्न स्थानहरुमा रहेका तरकारी बजार, हाटबजार, होमस्टे, मन्दिर, रेष्टुरेन्ट, कस्मेटिक पसलहरु, यातायात सेवाहरु लगायतका विभिन्न व्यसायीहरुलाई प्रदान गरेको क्यु.आर कोड सेवाले आम ग्राहकलाई डिजिटल कारोबार गर्न प्रोत्साहन गरिरहेको छ । डिजिटल बैंकिङ्ग सेवाको पहुचँ नपुगेका अन्य धेरै स्थान र क्षेत्रमा पनि माछापुच्छ«े बैंकले आक्रामक रुपमा सेवा विस्तार गरिरहेको छ र आगामी दिनमा पनि यो क्रमलाई निरन्तरता दिदै जाने जनाएको छ ।

प्रतिक्रिया

सम्बन्धित सामाग्री