शनिबार, १५ वैशाख २०८१

गृह सजावट गर्दा यस्ता सामाग्री राख्न नछुटाउँनुहोस्,कहिले हुँने छैन धनको कमी

समयपोष्ट २०७८ वैशाख २ गते १२:५६

Advertisement

वास्तु शास्त्रमा घरमा कस्ता सामान राख्दा त्यसले कस्तो खालको उर्जा प्रवाह गर्दछ भन्ने उल्लेख गरिएको छ ।

वास्तु अनुसार गृह सजावट गर्दा ध्यान नदिए त्यहाँ प्रयोग भएका सामानले नकारात्मक उर्जा उत्पन्न गर्ने बताइएको छ । जुन पारिवारिक कलह,आर्थिक नोक्सानी ,असफलताको कारक बन्न सक्छ । त्यसकारण गृह सजवट गर्दा विशेष सावधानी अपनाउन जरुरी छ ।

चिनियाँ वास्तु अर्थात फेंगसुईका अनुसार तल उल्लेख गरिएका सामाग्रीले घर सजावट गर्नु शुभ मानिन्छ ।

१ लाफिङ बुद्ध
कुनै पनि व्यक्तिले आर्थिक सफलता प्राप्त गर्न सकेको छैन् भने लाफिङ बुद्ध घरमा राद्यन सक्नुहुन्छ, यसलाई राख्दा घरको मुख्यद्धारको छड्के तिर राख्नुपर्दछ । लाफिङ बुद्धलाई चिनियाँ वास्तुशास्त्रमाबुद्धको समृद्धिका देवता रुपमा लिएको छ ।

२.तीनखुट्टे भ्यागुतो
घरमा तीनखुट्टे भ्यागुतोलाई राख्नाले निकै भाग्यशाली हुने मानिएको छ । घरमा मुखमा सिक्का च्यापिरहेको तीनखुट्टे भ्याकुता मूर्ति राख्नाले भाग्यदय हुनेकुरा चिनियाँ वास्तुशास्त्रमा उल्लेख गरिएको छ । यस्तो भ्याकुताले घरको वातावरणलाई पनि सुखमय बनाइदिनेछ, तर भ्याकुतो कहाँ राख्ने भन्ने कुरा चाहि विचार गर्नुपर्दछ, भ्याकुतालाई भान्सामा, बाथरुमभित्र र छेउछेउमा राख्नुहुदैन्, यस्ता ठाउँमा राखेमा भने दुभाग्य बढेछ । यस्तो भ्याकुतो मुख्यद्धारको छेउछाउमा राख्नुपर्दछ ।

३.तीन सिक्का
धन र ऐश्वर्य एवम् समृद्धि प्राप्त गर्नको लागी घरको मुख्यद्धारमा रातो रिबनमा बाँधिएको फेंगसुईका तीन वटा सिक्का झुन्ड्याउनु पर्दछ । तर बाहिरी भागमा भने झुन्ड्याउनु हुदैन्, बाहिर झुन्ड्यएमा लक्ष्मी ढोकामा मात्र रहने शास्त्रमा उल्लेख छ । त्यसैले मुल ढोकाको भित्री भागमा झुन्ड्याउनु पर्ने छ ।

४.कछुवा
कछुवा पनि घरमा राख्नाले निकै शुध र घरमा सफलता, सम्पती र खुसियाली वुद्धि हुने छ । कुछवालाई घर वा कार्यलयमा उत्तर दिशामा भित्रपट्टी फर्काएर राख्नुपर्दछ । तरु कछुवा राख्दा जोडी भने राख्नु हुदैन । एउटा मात्र राख्नुपर्दछ ।

५.गोल्डेन फिस
फेंगसुईका उल्लेख गरिए अनुसार घरमा गोल्डेन फिस राखेमा सौभाग्य, धनसम्पत्ति मान सम्मान वृद्धि हुनेछ । यसलाई बेडरुम, भान्सा वा बाथरुममा भने राख्नु हुदैन्, सदैभरी यसलाई ड्राइङ रुममा राख्नुपर्दछ ।

६.पवन घन्टी
पवन घन्टी घरमा राख्नाले विन्ड ताइन्सबाट निस्कने धुनले पुरै घरमा शान्त र सकारात्मक उर्जालाई वृद्धि बनाउनको कुरा चिनियाँ वास्तुशास्त्रमा उल्लेख गरिएको छ । पवन घन्टीलाई हावा आइरहने ठाउँमा राख्नुपर्दछ ।

प्रतिक्रिया

सम्बन्धित सामाग्री