शनिबार, १५ वैशाख २०८१

जिल्ला प्रशासन गुल्मीका कर्मचारी सवार गाडी दुर्घटना, तीन जनाको मृत्यु, १० जना घाइते

समयपोष्ट २०७८ वैशाख १ गते १४:०४

Advertisement

अशोक खनाल

जिल्ला प्रशासन कार्यालय गुल्मीका कर्मचारी सवार गाडी दुर्घटना हुँदा तीन जनाको मृत्यु भएको छ ।

गुल्मीबाट प्युठानको स्वर्गद्वारीतर्फ जाँदै गरेको लु १ ज १६५५ नम्बरको गाडी दुर्घटना हुँदा तीन जनाको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय प्युठानका प्रहरी निरिक्षक देवीप्रसाद गैरेले जानकारी दिए ।

उनका अनुसार जिल्ला प्रशासन कार्यालयका कम्प्युटर अपरेटर सूर्य पन्थी, मुद्दा शाखाका ईश्वर प्रसाद भण्डारीको घटनास्थलमै मृत्यु भएको थियो । जिप चालकको उपचारका क्रममा भिङ्ग्री प्राथमिक स्वास्थ्य केन्द्रमा मृत्यु भएको प्रहरी निरीक्षक गैरेले बताए । घटनामा १० जना घाइते छन् । घाइतेमध्ये गम्भीरलाई हेलिकप्टरबाट थप उपचारका लागि काठमाडौं लैजाने तयारी भैरहेको छ ।

नयाँ वर्षको अवसर पारेर जिल्ला प्रशासन कार्यालय गुल्मीका १४ जना कर्मचारी स्वर्गद्वारी दर्शनका लागि बुधबार बिहान लु १ ज १६५५ नम्बरको सार्वजनिक जिपमा गएका थिए । जिप प्यूठानको स्वर्गद्वारी नगरपालिका–४ रुमाले भन्ने स्थानमा दुर्घटनामा परेको हो । जिप सडकबाट झण्डै १ सय मिटर तल खसेको थियो ।

प्रतिक्रिया

सम्बन्धित सामाग्री