शनिबार, १५ वैशाख २०८१

ओलीले सत्ता प्राप्तीको लागि मात्र एकता गरे : पुर्व उर्जामन्त्री पुन

समयपोष्ट २०७७ चैत २९ गते १०:३२

Advertisement

पुर्व उर्जामन्त्री वर्षमान पुन ‘अनन्त’ले प्रधानमन्त्री केपी शर्मा ओलीले सत्ता प्राप्तीको लागि मात्र माओवादी केन्द्रसंग एकता गरेको बताएका छन् । शनिबार राजधानीको टोखामा आयोजित टोखा नगर कमिटीको विस्तारित बैठकमा बोल्दै पुर्व उर्जामन्त्री पुनले भने,’ओलीले सत्ता प्राप्तीको लागि प्रधानमन्त्रीको कुर्सी प्राप्त गर्नको लागि मात्र एकता गरे, कम्युनिष्ट आन्दोलनलाई एकातबद्ध गराउने उनको मनसाय होइन’।

ओली गुट परस्त प्रबृतिको पक्षधर भएको बताउँदै पुर्व उर्जामन्त्री पुनले आलोपालो सरकार सञ्चालन गर्ने सम्झौता विपरित ओलीले साढे दुई बर्ष पुग्दै गर्दा निहुँ खोज्न सुरु गरेको बताए । उनले भने,’पहिले साढे दुई बर्ष प्रचण्ड र साढे दुई बर्ष ओलीले नेतृत्व गर्ने भन्ने सम्झौता भयो, साढे दुई बर्ष पुग्दै गर्दा उनले निहूँ खोज्न सुरु गरे,उनले भने,’अन्तत: पाँच बष नै तपाई सरकार चलाउनुहोस् भन्यौ तर त्यसले पुगेन । किनकी उनलाई कम्युनिष्ट आन्दोलन एकातबद्ध गर्न जरुरी नै थिएन’।

ओली गुट र फुट परस्त ब्यक्ति भएको आरोप लगाउँदै पुर्व उर्जामन्त्री पुनले त्यो उनको ब्यवहारले पुष्टि गरेको बताए । उनले विभिन्न सेटिंग गर्दै नेकपालाई अदालत मार्फत अलग गरेको भन्दै ओली कै कारण नेकपा एक नभएको बताए ।

कम्युनिष्ट आन्दोलमा फुट ल्याउने प्रबृति ओली प्रबृति भएको बताउँदै पुर्व उर्जामन्त्री पुनले फेरी पनि कम्युनिष्टहरुको एकता आजको आवश्यकता भएको बताए ।

प्रतिक्रिया

सम्बन्धित सामाग्री