शुक्रबार, १४ वैशाख २०८१

औषधि व्यवसायी र प्रभु बैंकबिच बैंकिङ्ग साझेदारी

समयपोष्ट २०७७ चैत २२ गते २०:१९

Advertisement

नेपाल औषधि व्यवसायी संघ लुम्बिनी प्रदेश र प्रभु बैंक बीच बैंकिङ्ग साझेदारी गर्ने सम्झौता भएको छ ।

कार्यक्रममा नेपाल राष्ट्र बैंक सिद्धार्थनगरका मुख्य निर्देशक सुदिप फुयालले क्यूआर कोड तथा डिजिटल बैंकिङ्गको महत्व तथा फाइदाहरु बारे जानकारी गराउँदै औषधि व्यवसायीहरुलाई क्यूआर कोडको वितरण गरे । शुक्रबार लुम्बिनी बुद्ध गार्डेन रुपन्देहीमा एक समारोह बीच प्रभुका प्रमुख व्यापार केन्द्र अधिकृत सुनिल राना र नेपाल औषधी व्यवसायी संघ, लुम्बिनी प्रदेशका अध्यक्ष शिव ज्ञवाली​ले हस्ताक्षर गरे ।
नेपाल औषधि व्यवसायी संघका अध्यक्ष शिव ज्ञवालीले यस सम्झौताले आगामी दिनमा बैंक तथा ब्यवसायी बीच सुमधुर सम्बन्ध हुनुका साथै ब्यवसाय विस्तार तथा प्रबर्धनमा उल्लेख्य टेवा पुग्ने बताए ।

प्रतिक्रिया

सम्बन्धित सामाग्री