बिहीबार, १५ चैत २०८०

अजोड इन्स्योरेन्सद्धारा तीन दिने कृषि तथा पशुपक्षी बीमा अभिकर्ता तालिम सम्पन्न

समयपोष्ट २०७७ चैत २२ गते १९:५८

Advertisement

अजोड इन्स्योरेन्स लिमिटेडले कृषि तथा पशुपक्षी बीमा अभिकर्ता तालिम सम्पन्न गरेको छ । कम्पनीले शुक्रबारबाट आयोजना गरेको तीन दिने तालिम आइतबार सम्पन्न भएको हो ।

उक्त तालिम कार्यक्रममा कृषि तथा पशुपक्षी विभागका विभागीय प्रमुख दिपक पोखरेल र का.मु. प्रवन्धक प्रेम राज पाण्डेले कम्पनीको तर्फबाट प्रशिक्षण दिएका थिए ।

सहभागी प्रशिक्षार्थीहरुलाई इलाम नगरपालिकाका मेयर महेश बस्नेतले प्रमाण पत्र वितरण गरे । उक्त तालिम कार्यक्रममा ४८ जना प्रशिक्षार्थीहरुको सहभागिता रहेको थियो ।

प्रतिक्रिया

सम्बन्धित सामाग्री