शनिबार, १५ वैशाख २०८१

गण्डकी प्रदेश सरकारलाई सनराइज बैंकको ५० थान पीपीई सहयोग

समयपोष्ट २०७६ चैत २१ गते १९:३२

Advertisement

सनराइज बैंक गण्डकी प्रादेशिक कार्यालयमार्फत ५० थान पीपीई हस्तान्तरण गरेको छ । विश्वव्यापी महामारीको रुपमा फैलिएको नोभल कोरोनाभाइरस (कोभिड–१९)को रोकथाम, नियन्त्रण र उपचारमा गण्डकी प्रदेशमा सहयोग पर्याउन बैंकले ५० थान पीपीई हस्तान्तरण गरेको हो । जसमध्ये ५ थान पुन प्रयोग गर्न मिल्ने बैंकले जनाएको छ ।

सनराईज बैंकका गण्डकी प्रादेशिक कार्यालय प्रमुख रबिन्द्र के.सी.ले सामाग्री हस्तान्तरण गर्दै गण्डकी प्रदेशमा समेत कोरोनाभाइरस रोगको जोखिम बढेको हुदाँ विभिन्न अस्पतालमा कार्यरत स्वास्थ्यकर्मीहरु र सेवामा खटीने सबैको सुरक्षाको लागि बैंकको गण्डकी प्रादेशिक कार्यालयले सामाजिक उत्तरदायित्वअन्र्तगत व्यक्तिगत सुरक्षात्मक उपकरण (पीपीई) गण्डकी प्रदेशका माननिय मुख्यमन्त्री पृथ्वी सुब्बा गुरुङ्गलाई हस्तान्तरण गरेका हुन् ।

बैंकका प्रमुख कार्यकारी निर्देशक जनक शर्मा पैड्यालकाअनुुसार यो समयमा पीपीईको ठुलो महत्व भएकाले २ हप्ता सम्म पीपीईको खोजी गरी कोरोनाभाइरस महामारीको रोकथाम, नियन्त्रण र उपचारमा खटिने स्वास्थ्यकर्मी, सुरक्षाकर्मी र अन्य कर्मचारीलाई हौषला बढाउन यो सहयोग गरेको बताए ।

मुख्यमन्त्री पृथ्वी सुब्बा गुरुङ्गले सनराईज बैंकबाट प्राप्त भएको यी सामाग्री नेपाली सेनालाइ ५ थान, नेपाल प्रहरीलाई ५, सशस्त्र प्रहरी बललाइ ५ थान र सामाजिक विकास मन्त्रालयलाइ ३० थान हस्तान्तरण गरी यो समयमा पीपीई अत्यन्तै उपयोगी सामाग्री भएको बताउँदै बैंकलाई धन्यवाद व्यक्त गरे ।

सरकारले आवश्यक स्रोत, साधन, सुरक्षा र जनशक्त्तीको व्यवस्थापन गरी सुरक्षीत भरपर्दो र विश्वसनिय प्रबन्ध मिलाएको छ । यो महामारीबाट आफ्नो सुरक्षाका साथ साथै मानवजातीको सुरक्षाको लागि सरकारले जारी गरेको लकडाउन र अन्य आवश्यक निर्देशनहरु पुर्ण रुपले पालना गर्न सम्पुर्ण प्रदेशवासीलाई मुख्यमन्त्री पृथ्वी सुब्बा गुरुङ्गले आग्रह गरे ।

प्रतिक्रिया

सम्बन्धित सामाग्री