महिला उद्यमीद्धारा उत्पादित सामग्रीको प्रदर्शनी सुरु

‘जहाँ महिला, त्यहाँ विकासको पाइला’ भन्ने नाराका साथ ललितपुरमा महिला उद्यमीद्धारा उत्पादित सामग्रीहरुको प्रदर्शनी सुरु भएको छ ।

Advertisement

१०९ औ अन्तर्राष्ट्रिय नारी दिवसको अवसरमा ललितपुर महानगर परिसरमा उक्त प्रदर्शनी आयोजना गरिएको हो । विहिबारबाट सुरु भएको प्रदर्शनी ३ दिनसम्म चल्नेछ। प्रत्येक वर्ष मार्ग ८ तारिकलाई अन्तर्राष्ट्रिय नारी दिवसको रुपमा विभिन्न कार्यक्रम गरी मनाइदै आएको छ। प्रर्दशनीमा ललितपुर महानगरपालिकाभित्रका १७ वटा महिला समूह, सहकारी तथा संघसंस्थाहरुले स्टल राखेका छन्।

‘लैगिक समानताको लागि समान सोच र व्यवहारः समृद्धिको आधार’ यस वर्ष नेपालमा १०९ औं अन्तर्राष्ट्रिय नारी दिवस मनाइदै छ।

३ दिने प्रदर्शनीको उद्घाटन गर्दै ललितपुर महानगरपालिकाकी उपमेयर गीता सत्यालले महिलाहरुले उत्पादन गरेको सामग्रीहरुको प्रदर्शनी गरेर उनीहरुको आर्थिक उन्नतीमा सहयोग पु¥याउनका लागि महानगरले पहल गरेको वताइन्, उपमेयर सत्यालले भनिन्, ‘ नारी दिवस मनाउने नाममा र्यालीमा हिडाएर मात्रै महिलाहरुको उन्नती हुँदैन। उनीहरुको आर्थिक उन्नती हुने खालका कामहरु गर्नु आवश्यक छ।’

महिलाहरुको शसक्तिकरणका लागि उनीहरुको आर्थिक उन्नती हुने खालका कामहरु गर्नु पर्नेमा उपमेयरको जोड थियो।
उपमेयर सत्यालले यस किसिमको प्रदर्शनीले महिला उद्यमीहरुमा हौसला मिल्ने वताइन्।

Advertisement

उनले भनिन्, ‘यो प्रदर्शनीले ललितपुर महानगरपलिकाका सम्पूर्ण महिला उद्यमीहरुको हौसला बढेको छ।’ नारी दिवसका अवसर पारेर मात्रै भन्दा पनि अन्य विभिन्न समयमा पनि यस्ता प्रदर्शनीहरु आयोजना गरेर महिलाहरुको क्षमता, दक्षता र सीप विकासमा योगदान पु¥याउनु पर्ने वताइन्।

प्रतिक्रिया

सम्बन्धित सामाग्री