सिटिजन्स बैंकको ‘सिटिजन्स विशेष बचत खाता’,बीमासहित अन्य यस्ता छन् सुविधा
सिटिजन्स बैंक इन्टरनेसनल लिमिटेडले‘सिटिजन्स विशेष बचत खाता’ योजना सार्वजनिक गरेको छ ।
यस योजनामा ग्राहकहरूले आकर्षक ब्याजका साथसाथै बीमा सुविधा प्राप्त गर्न सक्नेछन् । १०० मै खाता खोल्न मिल्ने ‘सिटिजन्स विशेष बचत खाता’ कर्मचारीहरूको तलब खाताका लागि अत्यन्तै फलदायी हुने बैंक विश्वासको छ ।
यस योजनामा दैनिक मौज्दातमा वार्षिक ६.२५% ब्याजदर तथा १ लाख सम्मको स्वास्थ्य बीमा (अस्पताल भर्ना खर्च) ७ लाख सम्मको दुर्घटना मृत्यु बीमा प्राप्त गर्न सकिने छ ।
औसत मौज्दात रकमको चार गुणासम्मको हुन आउने रकमको दाबी भुक्तानी गर्ने सुविधा यस खाताबाहकलाई उपलब्ध गराउने बैंकले जानकारी दिएको छ ।
‘सिटिजन्स विशेष बचत खाता’ मा निःशुल्क भिसा डेविट कार्ड, निःशुल्क अन्तर शाखा कारोबार, निःशुल्क आस्वा सेवा, निःशुल्क सिटिजन्स स्मार्ट बैंकिंग सुविधा (मोबाईल), अनलाइन कारोवार गर्न सुरक्षित ३डी सेक्युर प्रविधिमा निःशुल्क दर्ता, लकरको वार्षिक शुल्कमा ५०% छुट, विदेशी मुद्रामा ड्राफ्ट÷स्विफ्ट जारी गर्दा ५०% छुट, लगायत अन्य सेवाहरूमा ५०% सम्म छुट जस्ता अनेकन आकर्षक सहुलियतहरु उपलब्ध गरिएको बैंकले जनाएको छ।
प्रतिक्रिया