बिहीबार, १३ वैशाख २०८१

क्रस होल्डिङ टाइट गरिदिने हो भने दुई–चारवटा बीमा कम्पनी तत्काल मर्ज हुन्छन्

रमेशकुमार भट्टराई, नि. सीईओ, युनाइटेड इन्स्योरेन्स कम्पनी (नेपाल)

समयपोष्ट २०७५ फागुन २३ गते १०:२७

Advertisement

युनाइटेड इन्स्योरेन्सको पछिल्लो अवस्था कस्तो छ ?

यो कम्पनीको अवस्था सुधारोन्मुख छ । मुख्यतया अहिले हामीले क्लेमलाई फोकस गरेका छौँ । अबका दिनमा समयमा नै दाबी भुक्तानी दिन सकिएन भने बजारबाट बिजनेस उठाउन सक्ने अवस्था छैन भन्ने कुरा सबैले थाहा पाइसकेका छन् । त्यस कारण हाम्रो फोकस अहिले त्यतापट्टि छ ।

भर्खरै मात्र बीमा समितिबाट हामीले एउटा स्किम ‘दाबी ठाउँका ठाउँ, युनाइटेड इन्स्योरेन्स नै जाउँ’ भन्ने सुरु गरेका छौँ । यस स्किमअन्तर्गत हामीले अहिलेसम्म बाउन्न–त्रिपन्न दाबी भुक्तानी गरिसकेका छौँ ।सर्भेयर नै पठाउनुपर्ने जटिल केसमा हामी सर्भेयर पठाउँछौँ । नपर्ने केसमा हामीलाई चाहिने कागजपत्र लिएर आएमा हामी तुरुन्तै दाबी भुक्तानी गर्छौं । भन्ने बेलामा ठाउँका ठाउँ भनिन्छ, फेरि समय एक–दुई दिन त लाग्छ नै । तर चाहिने कागजपत्र सङ्कलन गरिसकेपछि हामी दाबी भुक्तानी दिन्छौं।

दाबी भुक्तानीकै कुरा गर्दा सिजीसंगकोकुरा कहाँ आइपुग्यो ?

त्यो विषय अहिले सर्वोच्च अदालत पुगेको छ । यसमा हारजित जे भए पनि यसले हामीलाई कुनै फरक पार्ने अवस्था छैन । हामीलाई आरआईबाट आउनुपर्ने पैसा आइसकेको छ । व्यक्तिगत रूपमा यो मुद्दाको विषयमा भन्दा चौधरी ग्रुपले हार्नुभन्दा पनि जित्नुमा समग्र बीमा उद्योगकै उपलब्धि हुन्छ । नभए आउँदा दिनहरूमा आरआईको पैसा लिएर यहाँका बीमा कम्पनीहरूले अन्धाधुन्द दाबी भुक्तानी दिन्छन् भन्ने खराब सन्देश बजारमा जान्छ ।

चौधरी ग्रुपले हार्नुभन्दा पनि जित्नुमा समग्र बीमा उद्योगकै उपलब्धि हुन्छ । नभए आउँदा दिनहरूमा आरआईको पैसा लिएर यहाँका बीमा कम्पनीहरूले अन्धाधुन्द दाबी भुक्तानी दिन्छन् भन्ने खराब सन्देश बजारमा जान्छ ।

हामीले त्यस बेला राम्रै एसएसमेन्ट गरेका हौँ । दुई जना सर्भेयर पनि पठाएका हौँ । साथै, समयमै दाबी भुक्तानी तिरेका पनि हौं । प्रिमियम पनि समयमा नै आएको हो । तर के कारणले त्यो उता गयो, अब त्यतातिर नजाउँ । जहाँसम्म लाग्छ, पार्टीले जितेको खण्डमा अहिलेको बजार इमेज राम्रो हुन्छ । भोलि सीजीले जितेन र हामीले आरआईको पैसा फिर्ता गर्नुपर्यो भने यो युनाइटेडको मात्र होइन, पूरै बीमा उद्योग नै बद्नाम हुन्छ । त्यस कारण यो मुद्दा सीजीले जित्नुमा नै समग्र बीमा उद्योगको भलाइ छ ।

नेपालमा यति धेरै बीमा कम्पनीहरू आए, बीमाको पहुँच न्यून नै छ, पहुँच बढाउन के गर्नुपर्छ ?

नेपालको जनरल कम्पनीको पहुँच बढेर अहिले १५ प्रतिशत मात्र छ । बीमा समितिका अध्ययक्षले पनि भन्नुहुन्छ– म आउनुभन्दा अगाडिको यसको एरियाको कभरेज र म आएपछिको अवस्थाको कभरेज बढेको अवस्था छ । वास्तवमा यसको श्रेय उहाँलाई पनि जान्छ । तर बढ्ने क्रम माथि–माथि नै छ । हालसालैको रिपोर्टमा सायद बढेको बजार सत्र–अठार प्रतिशत छ । अहिलेको टोटल बजार २१ सय करोडको छ । २१ सयमा ५५ प्रतिशत मोटरको पोर्टफोलियो छ भने बाँकी अरूको छ ।

यति धेरै बीमा कम्पनीहरू छन् । सबैलाई नेपालको बजारमा बिजनेस पुग्छ अथवा मर्ज गरेर सङ्ख्या घटाउनुपर्ने आवश्यकता कत्तिको छ ?

मैले पहिलेदेखि नै भन्दै आएको छु । २० वटा कम्पनीलाई २१ सय करोडको बिजनेस भाग लगाउँदा सय करोडको बिजनेस आउँछ । सय करोडको क्यापिटलले आफ्ना कर्मचारीलाई धान्न सक्ने कि नसक्ने । २० वटा कम्पनी बजारले धान्दैन । त्यस कारण मर्ज त आवश्यकता नै हो । कुन इन्स्योरेन्स कम्पनीले कसलाई समेटेर मेघा इन्स्योरेन्स कम्पनी बनाएर अगाडि बढ्ने हो, त्यो आउने समयले नै देखाउला ।

२० वटा कम्पनी बजारले धान्दैन । त्यस कारण मर्ज त आवश्यकता नै हो । कुन इन्स्योरेन्स कम्पनीले कसलाई समेटेर मेघा इन्स्योरेन्स कम्पनी बनाएर अगाडि बढ्ने हो, त्यो आउने समयले नै देखाउला ।

धेरैजसो कम्पनीहरू मोटर र घर बीमामा मात्रै सीमित भएको देखिन्छ । अझै पनि गाउँगाउँमा पुग्न किन नसकेका होलान् ?

 

अहिले सबै कम्पनीहरूले जिल्लाहरूमा शाखा खोलेका छन् । बीमा समितिले पनि माइक्रो इन्स्योरेन्सको लागि तपाईंहरूलाई यो–यो जिल्ला छ भनेर जिल्ला छुट्ट्याइदिएको छ । त्यो किसिमले काम भएको पनि छ । तर जति हुनुपर्ने हो, त्यति भएको छैन । बजारमा इन्स्योरेन्स गर्नुपर्छ भन्ने कन्सेप्ट आउने तर गर्दा मलाई फाइदा हुन्छ भन्ने कुरा नबुझ्ने र बुझाउन गाह्रो हुने रहेछ । जबसम्म इन्स्योरेन्स भन्ने कुरा हाम्रै लागि र हामीलाई नै फाइदा हुनका लागि हो भन्ने कुरा महसुस नहुँदासम्म बीमाको दायरा नबढ्ने रहेछ ।

जबसम्म इन्स्योरेन्स भन्ने कुरा हाम्रै लागि र हामीलाई नै फाइदा हुनका लागि हो भन्ने कुरा महसुस नहुँदासम्म बीमाको दायरा नबढ्ने रहेछ ।

अर्को, बीमामा अहिले देखिएको भनेको क्रस होल्डिङ छ । बीमा समितिले यसलाई अलिकति टाइट गरिदिने हो भने आजको भोलि नै दुई–चारवटा कम्पनी मर्ज हुन्छन् । तिनै प्रमोटरहरूको सबैतिरको कम्पनीहरूसँग बीमा कम्पनीले तोकेको रेटभन्दा माथिको प्रतिशतभन्दा माथि छ । त्यस कारण आउने दिनमा बीमाको दायरा र व्यवसायको साइज पनि बढ्छ ।

तपाईंहरूको पुँजी वृद्धिको योजना किन कार्यान्वयनमा ढिलाइ भयो ?

ढिलाइ हुनुको मुख्य कारण त्यो बेला हाम्रो फायर पोलिसी रोकिएको अवस्थामा राइट इस्यू गर्नु त्यति समयसापेक्ष नहोला भनेर समितिले स्वीकृति नदिएको अवस्था थियो । अब त्यो समस्या समाधान भैसकेको छ । यस कम्पनीको विशेष साधारण सभाले २४० प्रतिशत (१ः२.४ अनुपातमा)  हकप्रद शेयर जारी गर्ने प्रस्ताव पारित गरेको छ । अबका दिनमा २ सय ४० प्रतिशत हकप्रद इस्यू गरेर पुँजी पुर्याउँदै छौं । कम्पनीको अधिकृत पुँजी दुई अर्व तथा जारीपुँजी र चुक्तापुँजी एक अर्व दुई करोड एकासीलाख साठ्ठीहजार रुपैया मात्र कायम गर्ने यसका साथै सो बमोजिम कम्पनीको प्रबन्धपत्र तथ नियमावलीमा आवश्यक संशोधन गर्ने निर्णय सर्वसम्मत रुपमा पारित भएको छ ।

अन्य कम्पनीहरूको माझमा युनाइटेडलाई कसरी पृथक देखाउँदै हुनुहुन्छ ?

म यस कम्पनीमा आउँदा यहाँ धेरै डिपार्टमेन्ट हेडहरू हुनुहुन्न थियो । अहिले यहाँ धेरै राम्रा र क्वालिफाइड डिपार्टमेन्ट हेडहरू हुनुहुन्छ । अहिले हाम्रा २९ वटा ब्राञ्चहरू छन् । ब्राञ्च तलका स्टाफहरूबाट चलेको अवस्था थियो । ब्राञ्चलाई हामीले अपडेट गरिरहेका छौँ । अर्को, कर्मचारीहरूमा विश्वासको कमी थियो । विश्वासको वातावरण यहाँ बढाएको छु ।

युनाइटेडको अहिलेको मुख्य उद्देश्य भनेकै समयमा दाबी भुक्तानी गरौँ भन्ने नै हो । त्यस कारण दाबी ठाउँका ठाउँ, युनाटेड इन्स्योरेन्स जाउँ भन्ने नाराका साथ हाम्रो कम्पनी अगाडि बढेको छ । 

ग्राहकहरूमा युनाइटेडबाट क्लेम पाइँदैन भन्ने जुन सन्देश गएको थियो, म आइसकेपछि चौध–पन्ध्र करोडको क्लेम हामीले तिरिसकेका छौँ । युनाइटेडले समयमै दाबी भुक्तानी दिन्छ भन्ने सन्देश दिन हामी सफल भएका छौँ । अबका दिनमा बिजनेस भनेकै क्लेमवेश भयो । मार्केटिङले बिजनेस ल्याउने भन्दा पनि कम्पनीले कति छिटो पार्टीलाई चित्त बुझाएर क्लेम सेटल गर्छ, त्यसकै आधारमा बिजनेस ल्याउने हो । युनाइटेडको अहिलेको मुख्य उद्देश्य भनेकै समयमा दाबी भुक्तानी गरौँ भन्ने नै हो । त्यस कारण दाबी ठाउँका ठाउँ, युनाटेड इन्स्योरेन्स जाउँ भन्ने नाराका साथ हाम्रो कम्पनी अगाडि बढेको छ । 

प्रतिक्रिया

सम्बन्धित सामाग्री