इन्भेष्टमेण्ट बैंकको एक्स्टेन्सन काउन्टर ललितपुरको काठमाडौं युनिभर्सिटीमा पनि
समयपोष्ट
२०७५ फागुन २२ गते १९:४७
नेपाल इन्भेष्टमेण्ट बैंकले ललितपुरको हात्तिवनस्थित काठमाडौं युनिभर्सिटीमा आफ्नो दशौं एक्स्टेन्सन काउन्टर संचालनमा ल्याएको छ ।
काउन्टरको बैंकका प्रमुख कार्यकारी अधिकृत ज्योति प्रकाश पाण्डे, केयूका प्रमुख कार्यकारी अधिकृत मुकुन्दप्रसाद उपाध्याय, केयूका डिन प्रा.डा. महेशनाथ पराजुली तथा स्कूल अफ आर्टस्काका डिन प्रा.डा. सागर राज शर्माले संयुक्त रुपमा उद्घाटन गरे ।
काउन्टरले केयू हात्तिवनको रकम जम्मा गर्न र भुक्तानी गर्न सहयोग गर्ने छ । एजुकेशन र आर्टस् विषयमा पि.एच.डीसम्मको पढाइ हुने केयूमा ६ सय बढी विद्यार्थीहरु अध्ययनरत छन ।
प्रतिक्रिया