सांसद रेशम चौधरीको फैसला आज, छुट्ने सम्भावना कति ?

जिल्ला अदालत कैलालीले टीकापुर घटनासम्बन्धी मुद्दाको फैसला आज गर्ने तयारी गरेको छ । दुवै पक्षबाट ६ दिनसम्म चलेको बहस मंगलबार सकिएसंगै अदालतले बुधबार फैसला गर्ने तयारी गरेको हो ।

Advertisement

२०७२ भदौ ७ गत एक बालकसहित ९ जनाको ज्यान जानेगरीे कैलालीको टीकापुरमा भएको घट्नामा सांसद रेशमलाल चौधरीसहित पुर्पक्षका लागि कारागारमा रहेका अन्य २६ जनाको फैसला हुन लागेको हो ।

यो फैसलाले उनीहरुको जेल चलान वा सफाइ भन्ने निर्धारण गर्ने छ ।

अदालतले सफाइ दिए उनी थुनामुक्त हुनेछन् । तर, दोषी ठहर गरेमा प्रतिनिधिसभाको यात्रा अवरुद्ध हुनेछ । यद्यपि अदालतले दोषी ठहर गरे चौधरी थुनामै रहेर पुनरावेदन प्रक्रियामा सहभागी हुन सक्नेछन् ।

प्रतिक्रिया

सम्बन्धित सामाग्री