शुक्रबार, २८ वैशाख २०८१

अध्ययन् भन्छ् : सेक्समा कम उत्तेजित हुने पुरुषको आयु छोटो

समयपोष्ट २०७५ फागुन १७ गते ११:४५

Advertisement

बेडरुममा पुरुषले आफ्नो पुरुषत्व प्रदर्शन गर्न सकेन भने मानिसको दाम्पत्य जीवनमा असर गर्छ भन्ने भनाई अब नयाँ रहेन । तर कम उत्तेजित हुने मानिसको आयुमा समेत असर गर्ने नयाँ तथ्य भेटिएको वैज्ञानिकहरुले दाबी गरेका छन् । कम उत्तेजित हुने पुरुषमा छिट्टै मृत्यु हुने ७० प्रतिशत सम्भावना रहेको उनीहरुको भनाई छ ।

उत्तेजना कम हुने मानिसहरुमा मुटुजन्य समस्या हुने अमेरिकाको मिसिपीका वैज्ञानिकहरुले बताए । यस्तो समस्याबाट अमेरिकामा झन्डै २ करोड मानिस प्रभावित भएको पनि उनीहरुको भनाई छ । लिंग उत्तेजित नहुने मानिसहरुलाई बारम्बार हृदयघात, उच्च रक्तचाप लगायतको समस्या हुने र त्यसको कारण अल्पायुमा नै मृत्यु हुने गरेको वैज्ञानिकहरुको दाबी गरेका छन् ।

यसअगाडि विशेषगरी यो समस्याबाट वृद्ध मानिसहरु पीडित हुने बताइन्थ्यो । तापनी ४० वर्ष मुनिका २० प्रतिशत मानिसमा यस्तो समस्या देखिएको वैज्ञानिकहरु बताउछन् ।

Advertisement

इरेक्टाइलट डाइफंक्सन (इडी) ले हाइपरलिपिडेमिया, हाइपरटेन्सन, अत्यधिक माटोपन, चिनिरोग, धुमपान गर्ने मानिसहरुमा देखिएको उनीहरुले बताउने गरेका थिए । उत्तेजित नहुने मानिसमा स्टोक र मुटुका धमनीसँग सम्बन्धित रोग लाग्ने गरेको बताइने गरिएको थियो ।

इडी र मुटुसँग सम्बन्धित खतरा इन्डोथेलियल डाइफङसन, कम्जोर तथा खराब नाइट्रस अक्साईडको उत्पादनले हुने गरेको वैज्ञानिकहरु बताउँछन् । अमेरिकाको नेसनल हेल्थ एन्ड न्युट्रियसन इक्जामिनेसन सर्भेमा सहभागी २० देखि ८५ वर्षका १ हजार ७ सय ९० मानिसहरुमा गरिएको तथ्यांकलाई अध्ययन गरी वैज्ञानिकहरु यस्तो निस्कर्षमा पुगेका हुन् । ‘सन्तोषपूर्ण सम्भोगकका लागि तपाईको उत्तेजित हुने अवस्थालाई कसरी वर्णन गर्नुहुन्छ’ भन्ने प्रश्नको जबाफका आधारमा सहभागी पुरुषहरुको यौन क्षमताको विश्लेषण गरिएको थियो ।

 

कहिलेकाहीँ सक्षम वा कहिल्यै पनि सक्षम नभएका व्यक्तिहरुको यौन क्षमता ‘असन्तुलन’ भएको बताइएको थियो । अध्ययनमा सहभागीमध्ये ५ सय ५७ जनामा उत्तेजना नहुने अर्थात इडी भएको बताएका थिए ।

८ वर्षसम्मको नियमित उपचारपछि इडी भएका २ सय ४४ जनाको मृत्यु भएको थियो । मृत्यु भएकामध्ये ६१ जनामा मुटुसँग सम्बन्धित रोग, ६४ जनामा ट्युमर, १२ जनामा श्वासप्रश्वासम्बन्धि समस्या र बाँकीमा अन्य अनगिन्ति समस्याहरु देखिएका थिए । इडीबाट पीडित सहभागीहरुमा औषत आयु ७० प्रतिशत भन्दा बढी भएको उनीहरुले निस्कर्ष निकालेका थिए । अध्ययन जर्नल अफ सेक्सुअल मेडिसिनमा प्रकाशित छ ।

प्रतिक्रिया

सम्बन्धित सामाग्री