शुक्रबार, ७ वैशाख २०८१

नेपाली टिनेजर्सको गन्तब्य पटाया,(फोटो फिचर)

समयपोष्ट २०७३ चैत १८ गते ३:५५

manoj-paudelमनोज पौडेल
काठमाडौं बरबरमहलका विशाल गौतम थाइल्यान्डको सामुद्रिक सहर पटायाको समुद्रमा पाएको अनुपम र अविस्मरणीय क्षणले निकै रोमाञ्चित भए । भर्खर विवाहित २९ वर्षका उनी जीवनसाथी प्रतिभा घिमिरेसँगै रमाउन गएका थिए । कहिल्लै समुद्र नदेखेका उनी मोटरबोटमा बसेर सामुद्रिक छालसँग लुकामारी गर्दै रमाउन पाउँदा जीवनकै आकर्षण क्षण बन्यो । ‘६ घन्टा बितेको पत्तै भएन, ‘उनले भने, ‘जति बखान गरे पनि कम हुन्छ । यस्तो रमाइलो त कहिल्यै पनि हुँदैन होला ।’ जीवनसंगिनी २७ वर्षीया प्रतिभाले भनिन्, ‘मोटरबोटमा सामुद्रिक यात्रा, अक्सिजन लगाएर समुद्रभित्र घुमघाम र पानीजहाजमै डिनर खाएको सम्झनाले यात्रा जीवनकै अविस्मरणीय बन्यो ।’ भू–परवेष्ठित मुलुक नेपालका लागि यो क्षण सपनामात्र हुन्थ्यो । उनले थपिन्, ‘त्यही भएर युवकयुवतीको मुटु छुने पटाया इज अ मारभर्लस प्लेस ।’ 

Advertisement

7
गौतमजस्तै बुटवलका मनीष घिमिरे पनि कपलसहित गएका थिए । २७ वर्षीय उनले धितमर्ने गरी जीवनसाथी संगीतासँग रमाउन पाउँदा खुसीको सीमा नभएको बताए । सामुद्रिक यात्रासँगै कोरल आइल्यान्डको समुद्रकिनारमा नुहाएर बालुवामा सुत्न पाउँदा निकै आनन्दित भएको बताए । बियरको चुस्कीसँगै घाममा श्रीमतीलाई अँगालोमा राख्न पाउँदा निकै अद्वितीय क्षण बन्यो । उनले भने, ‘भ्रमण निकै रोमाञ्चक बन्यो ।’ २५ वर्षीय संगीता पनि तलबाट मोटरबोटले रस्सीले तानेर माथि प्यारासुटमा उड्ने खेल खेलेर निकै रमाएको बताइन् । समुद्रछेउको आइल्यान्डको डिनर, मनमोहक वातावरण र ढाड सोझ्याउनेगरी बस्ने कुर्सीले निकै रमाइलो भएको बताइन् ।

12
राजधानी बैंककबाट १ सय ४७ किमि दक्षिण–पूर्व रहेको पटाया सहर विश्वकै राम्रो पर्यटकीय गन्तव्य बनेको छ । सेक्स टुरिजमका रूपमा विश्वमै चर्चित पटाया अहिले पहिचान फेरेर सामुद्रिक मनोरम वातावरण, नाइट क्लब, मनमोहक दृश्यावलोकन र कलासंस्कृतिले सबैलाई आकर्षित गरिरहेको छ । नेपाली टिनेजर्सलाई पनि पटायाको आकर्षणले पछ्याएको छ । यहाँबाट घुम्न जानेमा अधिकांश टिनेजर्स र युवकयुवती छन् ।

yfO{Nof08sf] k6fof l:yt ljrdf /dfpb} ljb]zL ko{6s . ljZjs} pTs[i6 ko{6sLo uGtAodf kg]{ k6fofdf jif{]gL s/f]8 a9L ljb]zL ko{6s cfpg] ub{5g . tl:j/M dgf]h kf}8]n÷sflGtk'/
नेपालको नजिकको उत्कृष्ट मनोरमस्थल भएकाले आजभोलि नेपाली पर्यटकको पनि गतिलो गन्तव्य बनेको हो । सजिलै भिसा पाउने, सस्तो टिकट र अद्वितीय अनुपम आनन्द पाउने हुँदा नेपालीको पनि आकर्षण स्थल बनेको छ । थोरै खर्चमा बोइङ चढ्न पाउने, समुद्रको आनन्द र विदेश यात्रा हुने भएकाले नेपालीको रोजाइ स्थल भएको छ । विदेशको वातावरणमा घुलमिल हुन पाउने र सस्तो बजारमा किनमेल गर्न पाउने भएपछि पछिल्लो ६ वर्षयता थाइल्यान्ड जाने नेपाली ह्वात्तै बढेका छन् । जब अरू सुत्छन्, तब पटायाको रौनक बढ्छ । सा“झ ६ देखि बिहान ६ बजेसम्म पटाया जागेको हुन्छ । राति चहलपहलमा रमाउनेको प्रमुख आकर्षण हो– पटाया । 

Thailand Photo_3
पटायाको चल्तीको गोल्डेन विच होटलमा मात्र महिनाको २ सय बढी नेपाली आउने गरेको रिसोर्टका कर्मचारी सान्याले बताए । पटायामा हजार बढी होटल छन् । आजभोलि महिनामा ७ देखि ९ हजारसम्म नेपाली पटाया पुग्ने अनुमान गरिएको उनले बताए । अहिले नेपालीमा खर्च गरेर घुम्ने बानी भएको छ । उनले भने, ‘यसले नेपाल र बुद्ध जान्ने थाईहरू बढ्दै छन् ।’ यो दुवै मुलुकका लागि राम्रो हो । उनले भने, ‘नेपालीको थाइल्यान्ड आगमन बढेसँगै बुद्धस्थल नेपाल घुम्ने थाई ह्वात्तै बढेका छन् ।’ 

Thailand Photo_4
पटायामा विश्वकै सय बढी देशमा करिब १ करोड पर्यटक पुग्ने गरेका छन् । सामुद्रिक मनोरम वातावरण, साहसिक पर्यटन खेल, अग्लो पहाडमा बुद्ध मूर्ति र विभिन्न आइल्यान्डको रोमाञ्चक वातावरणले पर्यटक लोभिने गरेका छन् । त्यस्तै परम्परागत कला संस्कृति, अलकाजार शो, हात्ती सयर, बुद्धसम्बन्धी लघुनाटक र गीत, कथा, सेक्स टुरिजम र ठुल्ठूला व्यापारिक मलका कारण पर्यटनले फड्को मार्दैै गएको छ । बाघसँग फोटो खिचाउन पाउनु, हात्तीले टाउकोमा सुँड राखेर आशीर्वाद दिने र चरासँग मज्जाले रमाउन पाउँदा पनि पर्यटकीय आकर्षण छ । 

Thailand Photo_6
पर्यटकलाई आकर्षित गर्न यहाँ प्रत्येक महिनाजसो ठुल्ठूला कार्यक्रम गर्ने गरिएको छ । दक्षिण–पूर्वी एसियाको ठूलो मोटरसाइकल र्याली, अन्तर्राष्ट्रिय संगीत महोत्सव र म्याराथन दौड गर्ने गरिएको छ । समलिंगी र तेस्रो लिंगीको मिस टिफनी युनिभर्स व्युटी प्रतियोगिता, पपगीत फेस्टिबल र मिस इन्टरनेसनल क्वीन प्रतियोगिता पनि हुने गरेको छ । 

Thailand Photo_7
सन् १९६० सम्म मछवाराको गाउँ रहेको पटाया भियतनाम युद्धका बेला अमेरिकीहरू आएर बस्न थालेपछि पर्यटक स्थलको रूपमा विकास भयो । जुन अहिले आएर दक्षिण–पूर्वी एसियाकै प्रमुख गन्व्यका रूपमा स्थापित हुन पुगेको छ ।

8

9

11

10

(सबै तस्बिर : मनोज पौडेल)

प्रतिक्रिया

सम्बन्धित सामाग्री