शुक्रबार, १४ वैशाख २०८१

एनआइसी बैंकको हकप्रद आजबाट खुल्यो,वैशाख १९ गतेसम्म आवेदन दिन सकिने

समयपोष्ट २०७३ चैत १६ गते ६:५३

एनआइसी एशिया बैंकले बुधबारबाट १० बराबर १ दशमलब ५० कित्ता हकप्रद सेयर निष्कासन गरेको छ । वैशाख १९ गते बन्द हुने बैंकको हकप्रदमा चैत ६ गते आईतबारसम्म बैंकको सेयरमा स्वामित्व प्राप्त गरेका सेयरधनीले आवेदन दिन सक्नेछन् ।  

Advertisement

बैंकले चुक्ता पूँजीको १५ प्रतिशतको दरले हुन आउने ८७ करोड २९ लाख ४७ हजार पाँच सय रुपैयाँ बराबरको प्रतिकित्ता एक सय रुपैयाँ दरले ८७ लाख २९ हजार ४७५ कित्ता हकप्रद सेयर बिक्री खुला गरेको हो ।

बैंकको सेयर निष्काशन तथा बिक्री प्रबन्धकमा सिभिल क्यापिटल मार्केट रहेको छ । बैंकको हकप्रद सेयरमा सिभिल क्यापिटल मार्केट सिटिसी मलको छैटौं तल्ला सुन्धारा  तथा एनआइसी एशिया बैंकको मुख्य कार्यालय थापाथली तथा अधिकांश शाखा कार्यालयबाट आवेदन गर्न सकिन्छ ।

हाल बैंकको चुक्ता पुँजी पाँच अर्ब ८१ करोड ९६ लाख रुपैयाँ रहेको छ । हकप्रद सेयर निष्कासनपछि बैंकको चुक्ता पूँजी छ अर्ब ६९ करोड २५ लाख रुपैयाँ रहेको बैंकले राष्ट्र बैंकले तोेकेको आठ अर्ब रुपैयाँ चुक्ता पूँजी पुर्याउन १५ प्रतिशत हकप्रद सेयर जारी गर्न लागेको हो ।

 

प्रतिक्रिया

सम्बन्धित सामाग्री