बिहीबार, १३ वैशाख २०८१

हेर्नुहोस् कुन कम्पनीको कति कित्ता बोनस सेयर भए आज सुचिकृत

समयपोष्ट २०७३ चैत १५ गते ११:२४

आजै मात्र सेयर बजारमा आठ कम्पनीको बोनस सेयर  सूचीकृत भएको छ । मंगलबार बोनस सेयर सूचीकृत हुनेमा स्टाण्डर्ड चार्टड बैंक,गरिमा विकास बैंक,लक्ष्मी बैंक,एनएलजी इन्स्योरेन्स,भक्तपुर फाइनान्स,सगरमाथा इन्स्योरेन्स,ज्योति विकास बैंक,र  कन्चन विकास बैंक रहेको नेप्सेले जनाएको छ । 

Advertisement

नेप्सेका अनुसार स्टाण्डर्ड चार्टड बैंकको १३ लाख ७४ हजार ७ सय ५३ कित्ता, गरिमा विकास बैंकको २१ लाख ६१ हजार २३ कित्ता र लक्ष्मी बैंकको ११ लाख ९८ हजार ११ कित्ता सेयर सूचीकृत भएको छ । 

त्यस्तै एनएलजी इन्स्योरेन्सको १० लाख २४ हजार ६ सय ५० कित्ता, भक्तपुर फाइनान्सको ७३ हजार ८ सय ५० कित्ता, सगरमाथा इन्स्योरेन्सको १ लाख ७० हजार ६ सय ९० कित्ता, ज्योति विकास बैंकको ११ लाख ७२ हजार ९ सय ७ कित्ता र  कन्चन विकास बैंकको ४ लाख ९५ हजार बोनस सेयर सूचीकृत भएको छ ।कन्चनको ९ लाख ९० हजार कित्ता हकप्रद समेत सूचीकृत भएको  नेप्सेले जनाएको छ । 

प्रतिक्रिया

सम्बन्धित सामाग्री