शुक्रबार, ७ वैशाख २०८१

नयाँ शक्ति निवार्चनमा जान तयार छ : डा. भट्टराई

समयपोष्ट २०७३ चैत १३ गते ५:३१

नयाँ शक्ति पार्टीका संयोजक बाबुराम भट्टराईले स्थानीय निर्वाचनका लागि नयाँ शक्ति नेपाल तयार रहेको बताएका छन् । 

Advertisement

आइतबार धनगढीमा आयोजित पत्रकार सम्मेलनमा संयोजक भट्टराईले असन्तुष्ट मधेसी मोर्चालाई पनि सहमतिमा ल्याएर तोकिएकै मितिमा निर्वाचन हुनुपर्ने बताए । 

त्यस्तै साना राजनीतिक दलहरुले थ्रेस होल्डको विरोध गरिरहेका बेला नयाँ संयोजक भट्टराईले  राजनीतिक स्थिरताका लागि ल्याइएको थ्रेस होल्डको व्यवस्था जायज भएको समेत बताए । 

उनले भारतीय प्रहरीको गोलीबाट नेपाली युवा गोविन्द गौतमको मृत्यु हुँदा समेत सरकार लाचार ढंगमा प्रस्तुत भएको टिप्पणी गर्दै उनले भारतलाई माफी मगाएरै छाड्नुपर्ने बताए ।

मेची-काली अभियान चलाएको नयाँ शक्तिले आजै धनगढीको पार्कचोकमा सभा गर्दैछ ।

प्रतिक्रिया

सम्बन्धित सामाग्री