बिहीबार, १३ वैशाख २०८१

कुमारी बैंकको हकप्रद खुल्यो,बैशाख १० गतेसम्म आवेदन दिन सकिने

समयपोष्ट २०७३ चैत ७ गते ६:५८

कुमारी बैंकले ५० प्रतिशत हकप्रद सेयरको बिक्री खुला गरेको छ । बैंकले हाल कायम चुक्ता पूँजीको ५० प्रतिशतले हुने आउने एक करोड ३४ लाख ९५ हजार ८३२ कित्ता हकप्रद सेयर बिक्रीमा ल्याएको हो । बैंकको हकप्रद सेयरको बिक्रि प्रबन्धक सिद्धार्थ क्यापिटल रहेको छ । फागुन १९ गतेसम्म कायम बैंकका सेयरधनीले मात्रै  आवेदन दिन सकिने हकप्रदमा लगानीकर्ताले बैशाख १० गतेसम्म आवेदन दिन पाउँनेछन् ।

Advertisement

बैंकले फागुन २० गतेदेखि बुक क्लोज गरी चैत ९ गतेका लागि साधारण सभा बोलाएको छ । बैंकले गत आर्थिक वर्षको कमाईबाट २१ प्रतिशत बोनस प्रस्ताव गरेको छ । हाल बैंकको २ अर्ब ६९ करोड ९१ लाख रुपैयाँ चुक्तापूँजी छ । पचास प्रतिशत हकप्रद वितरण गरेपछि बैंकको पूँजी चार अर्ब चार करोड रुपैयाँ पुग्नेछ ।

प्रतिक्रिया

सम्बन्धित सामाग्री