शनिबार, ८ वैशाख २०८१

बैंक अफ काठमाण्डू लुम्बिनीको नाम फेरीयो, २३ प्रतिशत बोनस सेयर पारित

समयपोष्ट २०७३ चैत ३ गते १३:२४

बैंक अफ काठमाण्डू लुम्बिनी लिमिटेडको विहीबारको २२औं वार्षिक साधारण सभाले २३ प्रतिशत बोनस सेयर वितरण गर्ने प्रस्ताव पारित गरेको छ ।

Advertisement

मर्जर पछि राखिएको बैंक अफ काठमाण्डू लुम्बिनी नामलाई छोटकरीमा बैंक अफ कालु भनिन थालेपछि बैंकले नाम पनि परिवर्तन गरेको छ । मर्जर अघि कै नाम बैंक अफ काठमाण्डू लिमिटेडबाट बैंक सञ्चालनमा आउने भएको छ । बैंकले मर्जर पछि शाखा कार्यालय लगायतमा रहेको होर्डिङ बोर्ड फेर्न मात्रै करोडभन्दा बढि लागेको बताउँदै आएको थियो ।संस्थापक सेयरधनीको स्वामित्व कम्तीमा ५१ प्रतिशत पुर्याउन करिव ६२ लाख ८ हजार कित्ता सम्म थप संस्थापक सेयर जारी गर्ने बैंकको विशेष प्रस्ताव पनि सभाले पारित गरेको छ ।

बैंकले आ.व. २०७२/७३ मारु.९९ करोड २६ लाख संचालन मुनाफा र रु. ६५ करोड ५२ लाख खूद मुनाफा आर्जन गर्न सफल भएको छ । हाल यस बैंकले ७४ शाखा ,६२ एटीएम तथा ७ एक्स्टेन्सन काउन्टरबाट सेवा प्रदान गरिरहेको छ ।
त्यसै गरी, बैंकको संस्थापक शेयरधनीको स्वामित्व कम्तीमा ५१ प्रतिशत पुर्याउनु पर्ने नेपाल राष्ट्र बैंकको अर्को शर्तको परिपालना गर्न करिव ६२ लाख ८ हजार कित्ता सम्म थप संस्थापक शेयर जारी गर्ने सम्बन्धी विशेष प्रस्ताव पनि पारित गरिएको छ । सभाले निर्वाचन मार्फत् बैंकको नयाँ सञ्चालक समितिको पुनर्गठन गर्ने विशेष प्रस्ताव पनि पारित गरेको छ ।

प्रतिक्रिया

सम्बन्धित सामाग्री