शुक्रबार, १६ चैत २०८०

श्रीप्रसाद जबेगुले पशुपंक्षी विकास मन्त्रालय सम्हाले

समयपोष्ट २०७३ फागुन ३० गते ७:२६

पूर्वस्थानीय विकास राज्यमन्त्री श्रीप्रसाद जबेगुले पशुपंक्षी विकास मन्त्रालयमा जिम्मेवारी पाएका छन् । सोमबार प्रधानमन्त्री पुष्पकमल दाहालले जबेगुलाई पशुपंक्षी विकास मन्त्रालयमा राज्यमन्त्रीको जिम्मेवारी तोकेका हुन् । प्रधानमन्त्री दाहालले आफैँ सम्हाल्दै आएको उक्त मन्त्रालयमा जबेगुलाई राज्यमन्त्रीको जिम्मेवारी दिइएको हो । स्थानीय विकास मन्त्रालय राप्रपा अध्यक्ष कमल थापाको भागमा परेपछि जबेगु विना विभागीय राज्यमन्त्रीका रुपमा रहेका थिए ।क्याविनेट राज्यमन्त्रीले पूर्ण मन्त्रीको अधिकार प्रयोग गर्ने र मन्त्रिपरिषदमा सहभागी हुने अधिकार पाउनेछन् ।

Advertisement

 

 

प्रतिक्रिया

सम्बन्धित सामाग्री