शनिबार, ८ वैशाख २०८१

निर्वाचन आयोगले नयाँ परिचयपत्र छपाउँदै,दोस्रो संविधानसभामा बाँडिएको मतदाता परिचयपत्रले भोट हाल्न नपाईने

समयपोष्ट २०७३ फागुन २३ गते ७:५३

निर्वाचन आयोगले बैशाख ३१ गते सम्पन्न हुने स्थानीय चुनावका लागि नयाँ परिचयपत्र छपाउँने तयारी गरेको छ । नयाँ निर्वाचन ऐनले मतदातालाई मतदानको लागि अनिवार्य मतदाता परिचय पत्रको व्यवस्था गर्न भनेकाले आयोगले मतदाताका लागि नयाँ परिचयपत्र छपाउँने तयारी गरेको हो । मतपत्र छपाउन निर्वाचन आयोगले सूचना प्रकाशित गरिसकेको छ । यससंगै  निर्वाचन आयोगले ०७० सालको निर्वाचनमा प्रयोग भएको मतदाता परिचय पत्रलाई बैशाख ३१ गते सम्पन्न हुने स्थानीय चुनावमा मान्यता नदिने निर्णय समेत गरेको छ । निर्वाचन आयोगका अनुसार अब आउने मतदाता परिचय पत्रमा बार कोड समेत उल्लेख हुनेछ ।  १ करोड ४० लाख मतदाताले फोटोसहितको आफ्नो विवरण निर्वाचन आयोगमा दर्ता गराएको आयोगले जनाएको छ ।

Advertisement

 

 

प्रतिक्रिया

सम्बन्धित सामाग्री