बिहीबार, १३ वैशाख २०८१

प्रधानमन्त्रीले भने -‘जनताको अधिकार गाउँ–गाउँसम्म लैजान चुनाव हुँनैपर्छ’

समयपोष्ट २०७३ फागुन २३ गते ७:३०

प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले जनताको अधिकार गाउँ–गाउँसम्म लैजान स्नीथाय चुनाव हुँनैपर्ने बताएका छन् । सोमबार माओवादी केन्द्रनिकट दलित मोर्चाको बैठकमा बोल्दै प्रचण्डले संविधानले स्थानीय तहमा अत्यन्तै धेरै अधिकार दिएको र त्यो अधिकारलाई  गाउँ–गाउँसम्म लैजान पनि निर्वाचन गर्नैपर्ने बताएका हुन् । प्रधानमन्त्री प्रचण्डले सरकार स्थानीय तहको निर्वाचन गराएरै छोड्ने पक्षमा रहेको भन्दै उनले भने, "स्थानीय तहको चुनाव घोषणा गरिएको छ, हरहालतमा चुनाव सम्पन्न गर्नुपर्छ । स्थानीय निर्वाचनसँग माओवादीका मुद्दा जोडिएको छ, हाम्रो रगत र पसिना जोडिएको छ ।"

Advertisement

त्यस्तै उनले संघीयता, गणतन्त्र र धर्मनिरपेक्षतामा माओवादीको रगत पसिना भएको समेत बताए । उनले भने, "गणतन्त्र, संघीयता, धर्मनिरपेक्षता, समानुपातिक प्रणालीमा माओवादीको रगत पसिना छ । जसको रगत पसिना छ, यी उपलब्धि जोगाउने दायित्व पनि हाम्रै हो ।" उनले भने,"हिजो जो यी मुद्दाका विपक्षमा थिएँ, त्यसकै विरुद्ध लडे, उनीहरुलाई संघीयता र गणतन्त्रको माया छैन । त्यसलाई उनीहरुले जोगाउलान् भन्नु हाम्रै मूर्खता हुन्छ ।"

प्रचण्डले नयाँ संविधानले दलितहरुको अधिकार र आत्म सम्मानको रक्षा गरेको बताउँदै नयाँ संविधानमा दलितहरुको अधिकारलाई मौलिक हकको रुपमा राखिएको जानकारी दिए । उनले समानुपातिक, समावेशिता जस्ता मुद्दालाई संस्थागत गरिएको  र आवासको हक सुनिश्चित गरिएको उल्लेख गरे । प्रचण्डले एकतावद्ध भएर संविधानको कार्यान्वयन गरे मात्र दलित अधिकार संरक्षण हुँने समेत बताए । 

प्रतिक्रिया

सम्बन्धित सामाग्री