शुक्रबार, ७ वैशाख २०८१

सामसुङको ‘ग्यालेक्सी सी ९ प्रो ‘नेपाली बजारमा

समयपोष्ट २०७३ फागुन २१ गते ६:२१

सामसुङको नयाँ स्मार्टफोन 'ग्यालेक्सी सी ९ प्रो' नेपाली बजारमा भित्रिएको छ । पूर्ण रुपमा धातुबाट निर्मित खोल भएको यो फोनलाई सामसुङले ‘फिचर पावरहाउस’ को संज्ञा दिएको छ ।  नयाँ स्मार्टफोनमा ६ जीबी र्‍याम, १६ मेगापिक्सेलको फ्रन्ट र ब्याकक्यामेरा तथा ६ इन्चका डिस्प्ले राखिएको छ । फोनमा ६४ जीबी अक्टाकोर प्रोसेसर, ६ जीबी र्‍याम, ४ हजार मिलि एम्पियरको ब्याट्री, ६४ जीवी आन्तरिक तथा २५६ जीवी थप्न सकिने स्टारेज उपलब्ध छ । 

Advertisement

ग्यालेक्सी सी ९ प्रो ६ जीबी र्‍याम भएको पहिलोे सामसुङ फोन हो जसले बिनाकुनै रुकावट प्रयोगकर्ताहरुलाई मल्टि-टास्किङ्ग अनुभव प्रदान गर्न सक्छ ।यो फोनले स्क्रीन, मेमोरी र क्यामेरा सम्बन्धी विभिन्न फिचरहरुलाई एकै स्थानमा प्रस्तुत गरेको छ । १८८ ग्राम तौल भएको  ६ दशमलव ९ एमएमको मोटाईले गर्दा यो फोन एक हातले सजिलै चलाउँन सकिन्छ । 

प्रतिक्रिया

सम्बन्धित सामाग्री