
नेपाली कांग्रेसको शेरबहादुर देउवा र डा. शेखर कोइराला समूहले बोलाएको १४औँ महाधिवेशनबाट निर्वाचित केन्द्रीय कार्यसमितिको बैठक मंगलबार काठमाडौंको महाराजगन्जस्थित स्मार्ट होटलमा सुरु भएको छ ।
बैठकमा आधा दर्जनभन्दा बढी निवर्तमान पदाधिकारीसहित ६० बढी केन्द्रीय सदस्य सहभागी भएका छन् । बैठक सुरु हुँदा पनि नेताहरू आउने क्रम जारी रहेको निवर्तमान केन्द्रीय सदस्य लक्ष्मी खतिवडाले जानकारी दिइन् ।
बैठक १४औँ महाधिवेशनबाट उपसभापतिमा निर्वाचित पूर्णबहादुर खड्काको अध्यक्षतामा बसिरहेको छ । गत असोज २८ गते बसेको केन्द्रीय कार्यसमिति बैठकले सभापति शेरबहादुर देउवाले उनलाई कार्यवाहक सभापतिको जिम्मेवारी दिएका थिए ।
बैठकमा निवर्तमान सहमहामन्त्रीहरू बद्री पाण्डे, जीवन परियार र महालक्ष्मी उपाध्याय ‘डिना’ उपस्थित छन् । त्यस्तै १४औँ महाधिवेशनमा सभापतिका निकटतम प्रतिद्वन्द्वी डा. शेखर कोइराला, पूर्वउपसभापतिहरू विमलेन्द्र निधि र प्रकाशमान सिंह तथा पूर्वमहामन्त्री डा. शशांक कोइराला पनि बैठकमा सहभागी भएका छन् ।
केन्द्रीय सदस्यहरू बलबहादुर केसी, आनन्दप्रसाद ढुंगाना, एनपी साउद, श्यामकुमार घिमिरे, अम्बिका बस्नेत, ईश्वरीदेवी न्यौपाने, रमा कोइराला पौड्याल, विद्यादेवी तिमल्सिना, लक्ष्मी खतिवडा, सरस्वती बजिमय, मानबहादुर विश्वकर्मा, राजीवविक्रम शाह, मानबहादुर नेपाली, ध्यानगोविन्द रञ्जित, जीवनबहादुर शाही, मोहनबहादुर बस्नेत, जीतजंग बस्नेत, मीन विश्वकर्मा, डा. मिनेन्द्र रिजाल, पदमनारायण चौधरी, मदन अमात्य, सिता गुरुङ, भीम पराजुली, सरस्वती अर्याल तिवारी, महिन्द्र लिम्बु, दिपक गिरी, गेहेन्द्र गिरी, रामहरि खतिवडा, शिव हुमागाई, उमेशजंग रायमाझी, दिलेन्द्र बडू, सुजाता परियार, हरिशंकर परियार, गुरु बराल, शान्ति परियार बिक, सिता राना, वीरबहादुर बलायर, कुन्दन काफ्ले, पुष्प पराजुली, अर्जुनजंगबहादुर सिंह, राधा घले, डा. रणबहादुर रावल, गणेश लामा, कल्याणी रिजाल, किरण पौडेल, प्रदीप सुनुवार, गोविन्द भट्टराई, आशा बिक, शारदा पौडेल, जीवन राना र सुशीला मिश्र बैठकमा उपस्थित भएका छन् ।
सुदूरपश्चिम प्रदेश सभापति वीरबहादुर बलायर पदेन केन्द्रीय सदस्यका रूपमा तथा कर्णाली प्रदेश सभापति ललितजंग शाही पनि बैठकमा सहभागी छन् ।










प्रतिक्रिया