नेपाली कांग्रेसको १५औँ महाधिवेशन भदौ २४ देखि २६ गतेसम्म काठमाडौंमा गर्ने प्रस्ताव

नेपाली कांग्रेसले आफ्नो १५औँ महाधिवेशन आगामी भदौ २४, २५ र २६ गते काठमाडौंमा आयोजना गर्ने प्रस्ताव पेस गरेको छ ।

पार्टी सभापति गगन थापाले आजदेखि सुरु भएको केन्द्रीय समिति बैठकमा उक्त प्रस्ताव पेस गरेका हुन् । बैठक पार्टी केन्द्रीय कार्यालय सानेपामा बसिरहेको छ ।

Advertisement

सभापति थापाले महाधिवेशनको तयारीस्वरूप क्रियाशील सदस्यता वितरण र अद्यावधिक गर्ने विस्तृत कार्यतालिका पनि प्रस्तुत गरेका छन् । प्रस्तावअनुसार चैत २१ गतेदेखि चैत मसान्तसम्म विशेष अभियान सञ्चालन गरिनेछ । वैशाख १ गतेदेखि वैशाख मसान्तसम्म देशभरका ६ हजार ७४३ वटै वडामा क्रियाशील सदस्यता वितरण र अद्यावधिक गरिने छ ।

जेठ मसान्तसम्म सदस्यता विवरण केन्द्रमा पठाइने र असार १५ गतेसम्म केन्द्रले आवश्यक छानबिन गरी सदस्यता टुंग्याउने तयारी छ ।

प्रतिक्रिया

सम्बन्धित सामाग्री