
पर्वत जिल्लाको प्रतिनिधिसभा निर्वाचन क्षेत्रमा प्रत्यक्षतर्फको मतगणना सम्पन्न भएको छ। निर्वाचन आयोगका अनुसार, आज बिहान सार्वजनिक भएको अन्तिम नतिजामा राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का उम्मेदवार सागर भुसाल विजयी भएका छन्।
उनले कुल २६,५६१ मत प्राप्त गरेका छन्। निकटतम प्रतिस्पर्धी नेपाली कांग्रेस का उम्मेदवार अर्जुनप्रसाद जोशी ले १५,९५४ मत ल्याए भने नेकपा (एमाले) का उम्मेदवार पदम गिरी ले १५,०७५ मत प्राप्त गरे। यसरी सागर भुसालले निकटतम प्रतिद्वन्द्वीभन्दा १०,६०७ मतको स्पष्ट बहुमतका साथ जित हासिल गरेका छन्।
यो निर्वाचनमा पर्वतमा चार स्वतन्त्र उम्मेदवारसहित १३ विभिन्न राजनीतिक दलका गरी कुल १७ जना उम्मेदवारहरू चुनावी मैदानमा उत्रिएका थिए।










प्रतिक्रिया