काठमाडौँमा भूकम्पको धक्का महसुस

शनिबार काठमाडौँमा भूकम्पको धक्का महसुस भएको छ।

Advertisement

राष्ट्रिय भूकम्प मापन केन्द्रका अनुसार यो भूकम्प नेपालमा भने गएको होइन। केन्द्रले जनाएअनुसार डि‌गे काउन्टीमा दिउँसो २ बजेर ३५ मिनेट जाँदा भूकम्प गएको थियो। यसको तीव्रता ५.९ म्याग्निच्युड मापन गरिएको छ।

भूकम्पसम्बन्धी जानकारी राख्ने वेबसाइट ईएमएससी ईयूका अनुसार यसको केन्द्रबिन्दु नेपालको लोबुचेभन्दा ९८ किलोमिटर उत्तरपूर्वमा रहेको थियो।

यसअघि गत पुस २३ गते तिब्बतमा गएको भूकम्पको प्रभाव पनि चर्चामा आएको थियो। अमेरिकी जियोलोजिकल सर्भेका अनुसार ७.१ म्याग्निच्युडको उक्त भूकम्पमा करिब ४०० जनाको ज्यान गएको थियो भने ३३८ जना घाइते भएका थिए।

प्रतिक्रिया

सम्बन्धित सामाग्री