
सुपा देउराली मन्दिर संरक्षण समितिले ‘सुपा देउराली मन्दिर सार्ने’ हल्ला निराधार भएको प्रष्ट पारेको छ ।
अर्घाखाँची देखी रास्ट्रिय तथा अन्तरास्ट्रिय स्तरमा यसको महत्त्वलाई प्रचार प्रसार गरि आन्तरिक पर्यटनलाई प्रबर्द्धन गर्न सकेमा अर्थतन्त्रमा राम्रो टेवा पुग्न सक्ने देखिन्छ
‘परापुर्बकाल देखी हिन्दु धर्मावलम्बीहरुको धार्मिक आस्थाको धरोहरको रुपमा सन्धिखर्क नगरपालिका वडा न.७ र सितगङा नगरपालिका वडा न.२ को संगम स्थानमा रहेको यश मन्दिरले आफ्नै ऐतिहासिक र धार्मिक महत्त्व बोकेको छ । श्री सुपा देउराली मन्दिर न कसैले स्थापना गरेको हो र न कतै बाट स्थानतरण गरिएको हो यो त परापुर्ब काल देखी मानिसहरु ढाक्रेको रुपमा नुनतेल गर्दा होस या लाहुरमा धन पैसा कमाउन जादा होस या आ आफ्नो मनोकानक्षा पूरा होस भनी भाकल गर्ने धुप पुजा गर्ने भेटी चढाउने प्रचलन निकै पुरानो भएको कुरा सबै लाई जग जाहेर छ ।’ मन्दिर संरक्षण समितिद्धारा जारी प्रेस विज्ञप्तीमा भनिएको छ – ‘सोमबार मन्दिर संरक्षण समितिले मन्दिर परिसरमा पत्रकार सम्मेलन उक्त हल्लाको खण्डन गरेको हो । साथै समितिले मन्दिर अन्यन्त्र सर्दै छ भन्ने ब्यक्ती कुनै संरक्षण समितिको आधिकारिक ब्यक्ती नभएको पनि बताएको छ । ।’

प्राकृतिक हिसाबले निकै साघुरो र भिरालो ठाउँमा अबस्थित यो मन्दिर यो मन्दिर कहि कतै स्थानतरण गर्ने कुनै सम्भावना छैन, दुर्गा देबि देउराली भनेकै कठिन पुर्बक पुग्न सकिने वा दर्शन गर्न सकिने स्थाननै देउरालीको निवास स्थल हुन्छ भन्ने कुरा शास्त्रीय वचन रहिआएको छ बर्तमान समयमा यातायातको सुबिधाले यस मन्दिरमा दैनिक हजारौं भक्तजनहरु दर्शन गर्न आउने गरेको पाइन्छ । अर्घाखाँची जिल्लाकै धार्मिक आस्थाको धरोहरको रूपमा रहेको यस मन्दिरमा दैनिक संकलन हुने भेटिको रकम बाट यसै क्षेत्रमा रहेका ४ वटा बिध्यालयका शिक्षकहरु लाई तलब खुवाउने देखी अर्घाखाँची जिल्लाको विभिन्न सामाजिक धार्मिक पर्यटकिय तथा दिन दुखी दीर्घरोगीहरु लाई आर्थिक सहयोग पुर्याउदै आएको छ ।
उक्त पत्रकार सम्मेलनमा सुपादेउराली मन्दिर ब्याबस्थापन समितिका अध्यक्ष फर्शबहादुर केसि समितिका सनपा ७ का वडा अध्यक्ष चुरा केसि सिनपा २ का वडा अध्यक्ष राम बहादुर गोर्खा क्षेत्री समितिका समितिका सचीव हरि खनाल पुर्ब सचीव यादव घिमिरे समितिका पदाधिकारी तथा सदस्य नेपाल पत्रकार महासंघका जिल्ला अध्यक्ष लगायत संचारकर्मीहरुको उपस्थित रहेको थियो ।










प्रतिक्रिया