मन्त्रीमण्डलमा जसपाबाट दुई जना मन्त्री सहभागी हुने

जनता समाजवादी पार्टी (जसपा)बाट नयाँ मन्त्रीमण्डलमा दुई जना मन्त्री सहभागी हुने भएका छन् ।

Advertisement

बिहीबार साँझ बसेको जसपाको कार्यकारिणी समिति बैठकले सरकारमा दुई मन्त्री र एक राज्यमन्त्री पठाउने निर्णय गरेको हो ।

जसपाले पार्टीबाट अध्यक्ष उपेन्द्र यादव र  नवलकिशोर साहलाई मन्त्री तथा राज्य मन्त्री दीपक कार्कीलाई पठाउने निर्णय गरेको छ ।

 

यादव स्वास्थ्य तथा जनसंख्या मन्त्री र साह वन तथा वातावरण मन्त्री बन्ने भएका हुन् । यस्तै कार्की भने स्वास्थ्य राज्यमन्त्री बन्ने भएका छन् ।

Advertisement

तर यसबारे अन्तिम निर्णय लिन जसपा कार्यकारिणी समितिको बैठक शुक्रबार पुनः बस्ने भएको छ ।

प्रतिक्रिया

सम्बन्धित सामाग्री