बिहीबार, १३ वैशाख २०८१

ज्योति विकास बैंकद्वारा “ग्लोबल मनी विक-२०२३”अभियान अन्तर्गत वित्तीय साक्षरताका विभिन्न कार्यक्रम सम्पन्न

समयपोष्ट २०७९ चैत १५ गते १६:४७

Advertisement

ज्योति विकास बैंकले “ग्लोबल मनी विक-२०२३”अभियान अन्तर्गत विभिन्न स्थानहरुमा वित्तीय साक्षरता कार्यक्रम सम्पन्न गरेको छ।

बैंकले विभिन्न शाखाहरु मार्फत देशका विभिन्न ठाउँहरुमा वित्तीय साक्षरता र सचेतनाका कार्यक्रमहरु आयोजना गरेको हो।

बैंकले “ग्लोबल मनी विक-२०२३” मुख्य नारा ‘प्लान योर मनी, प्लान्ट योर फ्युचर’भन्ने विषयवस्तुमा केन्द्रित भई युवावर्गमा वित्तीय साक्षरता सम्बन्धी कार्यक्रम आयोजना गरेको हो।

सो कार्यक्रम अन्तर्गत स्कुल तथा कलेजहरू, विभिन्न संघ-संस्थाहरु लगायत स्थानीय समुदायमा आधुनिक बैंकिङ्ग, बचत, ऋण, लगानी, विद्युतीय बैंकिङ्ग सेवा र यसमा अपनाउनु पर्ने सावधानी, उद्यमशीलता विकास लगायतका विषयहरूलाई समावेश गरी वित्तीय साक्षरता कार्यक्रम सञ्चालन गरिएको हो।

साथै, बैंकले सामाजिक संजाल र वेबसाइट मार्फत पनि बचत प्रोत्साहन गर्न, अज्ञात स्रोतहरुबाट आएका कुनै पनि लिंकहरु नखोल्न, OTP, Password, PIN, CVV जस्ता संवेदनशील विवरणहरु कसैसँग पनि शेयर नगर्न र डिजिटल ठगीबाट सचेत हुन विभिन्न सूचनाहरु पनि प्रवाह गरेको छ।

ज्योति विकास बैंकले संस्थागत सामाजिक उत्तरदायित्व अन्तर्गत देशभरीका विभिन्न बैंक शाखाहरु मार्फत बैंकिङ कारोबार, वित्तीय व्यवस्थापन र यसको सही सदुपयोग लगायतका विषयहरुमा आधारभूत ज्ञान प्रदान गर्न तथा जनचेतना जगाई वित्तीय साक्षरता बढाउनका लागि साक्षरता र सचेतना कार्यक्रमहरु निरन्तर रुपमा सञ्चालन गर्दै आइरहेको छ।

ज्योति विकास बैंकले हाल १२१ वटा शाखा कार्यालय, ३ वटा विस्तारित काउन्टर तथा ७४ वटा एटीएम मार्फत सेवा उपलव्ध गराउँदै आईरहेको छ।

प्रतिक्रिया

सम्बन्धित सामाग्री