शुक्रबार, ४ जेठ २०८१

आइएमई पेले ल्यायो नयाँ अफर– ईयरबड्स जित्ने मौका

समयपोष्ट २०७९ चैत ५ गते १६:५३

Advertisement

‘आइएमई पे’ ले ५ को ५ नामक नयाँ अफर सार्वजनिक गरेको छ ।

जसअनुसार चैत १ देखि १५ गते सम्म यो अफर चल्नेछ । यस अफरमा ग्राहकहरूले विभिन्न माध्यम, जस्तै लिङ्क गरेको बैंकको खाताबाट, एम–बैन्किङ वा इ–बैन्किङबाट, डेबिट/क्रेडिट कार्डबाट रेमिट्यान्स प्राप्त गर्दा र आइएमई पे वालेटबाट आइएमई पे वालेटमा कम्तीमा ५ पटक पैसा लोड गर्दा ५ जना भाग्यशाली विजेताहरूले सामसुंंग ग्यालेक्सी बड्स २ जित्ने मौका पाउनेछन् ।

यसका साथै, हरेक दिन कम्तीमा १ पटक सोही माध्यमहरूबाट आइएमई पे वालेटमा पैसा लोड गर्दा १ जना भाग्यशाली विजेताले रु. १००० जित्ने मौका पनि पाउने कम्पनीले जनाएको छ । सो रकम विजेताको वालेटमा लोड हुने जनाइएको छ ।

यो अफर ग्राहकवर्गलाई विद्युतीय माध्यमबाट भुक्तानी गर्न प्रेरित गर्दै वालेटमा क्यास इन अर्थात लोड मनी गर्न प्रोत्साहन गर्ने उद्देश्यका साथ गरिएको कम्पनीले जारी गरेको विज्ञप्तिमा उल्लेख छ ।

Advertisement

प्रतिक्रिया

सम्बन्धित सामाग्री