वीरगञ्ज उद्योग वाणिज्य सङ्घका पूर्वअध्यक्ष रुगङ्टाको निधन

वीरगञ्ज उद्योग वाणिज्य सङ्घका पूर्वअध्यक्ष ओमप्रकाश रुगङ्टाको आज निधन भएको छ ।

Advertisement

लामो समयदेखि दमलगायतका रोगबाट पीडित रुगङ्टाको आज दिउँसो ८८ वर्षको उमेरमा निधन भएको हो ।

स्वास्थ्यमा समस्या देखिएपछि पाँच दिनअघि रुगङ्टालाई वीरगञ्जस्थित बयोधा अस्पताल भर्ना गरिएको थियो ।

उपचारकै क्रममा आज दिउँसो उहाँको निधन भएको बताइएको छ ।

रुङ्गटाका श्रीमती, तीन छोरा र दुई छोरी हुनुहुन्छ ।

Advertisement

प्रतिक्रिया

सम्बन्धित सामाग्री