शुक्रबार, ७ वैशाख २०८१

एलिट क्यापिटललाई मर्चेन्ट बैंकरको लाइसेन्स

समयपोष्ट २०७९ चैत २ गते ८:२७

Advertisement

एलिट क्यापिटल लिमिटेडले नेपाल धितोपत्र बोर्डबाट मर्चेन्ट बैंकरको लाइसेन्स प्राप्त गरेको छ ।

क्यापिटलले बुधबार धितोपत्र व्यवसायी (मर्चेन्ट बैंकर)को लाइसेन्स प्राप्त गरेको हो ।

क्यापिटलले लगानी व्यवस्थापन, संस्थागत परामर्श, धितोपत्र प्रत्याभूति, डीपी लगायतका सेवा उपलब्ध गराउने जनाएको छ।

नेपाल धितोपत्र बोर्डका अध्यक्ष रमेश हमालले कम्पनीका कार्यकारी अध्यक्ष दिनेश आचार्यलाई धितोपत्र व्यवसायी (मर्चेन्ट बैंकर)को लाइसेन्स प्रदान गरेका हुन् ।

प्रतिक्रिया

सम्बन्धित सामाग्री