जेलमा बस्दा दूध पुर्याएर सहयोग गर्ने समेतलाई पौडेलले सपथग्रहणमा बोलाए

राष्ट्रपति रामचन्द्र पौडेलले आफु जेलमा बस्ने बस्दा सहयोग गर्ने देखि संगै जेलमा बस्नेसम्मलाई शपथग्रहण समारोहमा निम्त्याएका छन् ।

Advertisement

पौडेलले डिल प्रसाद सापकोटा,इन्दु शर्मा, गोविन्द कँडेल र रघुपति शर्मालाई सपथग्रहण समारोहमा निम्त्याएका हुन् ।

सापकोटा बाजे भनेर चिनिने डिलप्रसादले पौडेल बागलुङ जेलमा बस्दा दूध पुर्याएर सहयोग गरेका थिए ।

फागुन २५ गते राष्ट्रपतिमा निर्वाचित पौडेलले आज दिउँसो एक बजे शीतल निवासमा शपथग्रहण गर्दैछन् ।

प्रतिक्रिया

सम्बन्धित सामाग्री