
काठमाडौं उपत्यकामा ट्राफिक प्रहरीले ६६ ठाउँमा होली केन्द्रित चेक प्वाइन्ट राखेको छ ।
उपयत्का सहित पहाडी जिल्लाहरुमा आज होली मनाइँदै छ । उपत्यकामा ट्राफिक नियम उल्लंघन गर्नेलाई कानुनी दायरामा ल्याउन ६६ ठाउँमा चेक प्वाइन्ट राखिएको उपत्यका ट्राफिक प्रहरी कार्यालयले जनाएको छ ।
मादक पदार्थ सेवन गरेर मोटरसाइकल वा चारपांग्रे सवारी चलाएको भेटिए त्यस्ता सवारी होल्ड गरिने बताईएको छ । ट्राफिक प्रहरीले लागु पदार्थ सेवन गरेर सवारी चलाएकोबारे जाँच गर्न ‘मोबाइल टिम’ परिचालन गरेको छ । मोबाइल टोलीले उपत्यकामा आकस्मिक लागुपदार्थ सेवनबारे जाँच गर्नेछन् ।









प्रतिक्रिया