नेपाल इन्भेष्टमेण्ट बैंकका दुई शाखा स्थानान्तरण
नेपाल इन्भेष्टमेण्ट बैंकले एकै दिन दुई वटा शाखा स्थानान्तरण गरेको छ ।
स्थानान्तरण गरिएका चनौली र दलदले शाखाको आज बैंकका प्रमुख कार्यकारी अधिकृत ज्योतिप्रकाश पाण्डेले उद्घाटन गर्नुभयो । बैंकले हाल ६६ वटा शाखामार्फत बैंकिङ सेवा दिइरहेको छ ।
नारायणगढ र पर्सामा रहेको तत्कालीन एस डेभलपमेण्ट बैंकको यी दुवै शाखालाई एनआइबिएलले प्राप्ति गरेपश्चात भरतपुर महानगरपालिका २० चनौलीमा र देवचूली नगरपालिका– १४ दलदलेमा स्थानान्तरण गरेको हो ।
नारायणगढ र पर्सामा एनआइबिएलको पहिले नै शाखा रहेकाले ग्राहकको आवश्यकता र सुविधालाई मध्यनजर गर्दै शाखा स्थानान्तरण गरिएको बैंकले जनाएको छ ।
हाल प्रदेश नं १ मा आठ, प्रदेश नं २ मा छ, प्रदेश नं ३ मा ३१, प्रदेश नं ४ मा पाँच, प्रदेश नं ५ मा आठ, प्रदेश नं ६ मा चार र प्रदेश नं ७ मा चार वटा शाखा पुगेको छ ।
निजी क्षेत्रमा सर्वाधिक चुक्ता पूँजी रु १० अर्ब ६२ करोड रहेको यस बैंकको पुस मसान्तको वित्तीय विवरणअनुसार निक्षेप रु एक खर्ब ३० अर्ब तथा कूल कर्जा लगानी रु एक खर्ब १४ अर्ब पुगेको छ ।
प्रतिक्रिया