नेक्सनको फेसबुक अभियानमा एक/एक तोला सुन जित्न सफल यि हुन् भाग्यशाली विजेता
समयपोष्ट
२०७४ चैत १३ गते ६:१०
नेक्सन गाडीको प्रवर्द्धनका लागि टाटा मोटर्सले सुरु गरेको फेसबुक अभियानमा पाँच जना विजेताले एक/एक तोला सुन जित्न सफल भएका छन् । यो अभियानमा सुरज नेक्सन निरौला, महेशनेक्सन भट्टराई, हरिनेक्सन खड्का, राधाकृष्ण नेक्सन पाठक र सापकोटा नेक्सन सुबोध विजयी भएका हुन् ।
अभियानमा फेसबुकमा आफ्नो नामको बीचमा नेक्सन राखेर टाटा मोर्टसको पेज लाइक गर्नुपर्ने थियो । यो अभियानमा ६ सय १८ जनाले आफ्नो नाम परिवर्तन गरेको कम्पनीले जनाएको छ ।
प्रतिक्रिया