एनआइसी एसियाको ‘अग्रिम ब्याज भुक्तानी खाता ‘,११ प्रतिसत् ब्याज पाईने
समयपोष्ट
२०७४ चैत ९ गते ६:४५
एनआईसी एशिया बैंकले “अग्रीम ब्याज भुक्तानी मुद्दती खाता” सञ्चालनमा ल्याएको छ । उक्त खातामा बैंकले ११ प्रतिशत ब्याज उपलब्ध गराउने बिज्ञप्ती मार्फत जानकारी दिएको छ । साथै बैंकले खाता खोल्नेलाई त्यो रकम बराबरको ब्याज अग्रिम रुपमा भुक्तानी समेत गर्ने छ ।
उक्त खाता जति पनि रकमको तीन महिनादेखि एक बर्ष अवधिको खोल्ने सुविधा बैंकले दिएको छ ।
बैंकले व्यक्तिगत र संस्थापक दुवै निक्षेपकर्तालाई लक्षित गरि नयाँ स्किम सञ्चालनमा ल्याएको हो । खातामा जम्मा भएको रकमबाट जुनसुकै बेला ८० प्रतिशत सम्म पैसा ऋणका रुपमा प्रयोग गर्न सकिने छ।
खाता खोल्नेको पाँच लाख रुपैयाँसम्मको दुर्घटना बीमा पनि बैंकले नै गरिदिने बिज्ञप्तीमा उल्लेख छ । उक्त खाता बैंकका १८५ वटै शाखा कार्यालयबाट खोल्न सकिने बैंकले जनाएको छ ।
प्रतिक्रिया