बिहीबार, ८ साउन २०८२

टुहुरा बालिकालाई सनराइज बैकंद्वारा छात्रवृत्ति

समयपोष्ट २०७४ चैत ६ गते ९:३८

सनराइज बैकं लिमिटेड शाखा दार्चुलाले आफ्नो दशौँ वार्षिकोत्सवको अवसरमा जिल्लाका दुईजना टुहुरा बालिकालाई आज छात्रवृत्ति प्रदान गरेको छ ।

ब्यास गाउँपालिका वडा नं २ दुम्लिङ गाउँको सर्वहित आधारभूत विद्यालयमा अध्ययनरत छात्रा अञ्जना बुढाथोकी र करिष्मा जोहारीलाई छात्रवृत्ति प्रदान गरिएको हो ।

एघार वर्षीय अञ्जना बुढाथोकी कक्षा ५ मा अध्ययनरत छात्रा हुन् भने, सात वर्षीय करिष्मा जोहारी कक्षा ३ मा अध्ययनरत छात्रा हुन् । उनीहरु चार÷पाँच वर्षदेखि टुहुरो जीवन जिउँदै आइरहेको स्थानीय तथा सर्वहित आधारभूत विद्यालयका विद्यालय व्यवस्थापन समिति अध्यक्ष सरस्वती धामीले जानकारी दिनुभयो ।

उनीहरुको पढाइका लागि बंैकले वार्षिक १७ हजारका दरले रु ३४ हजार विद्यालयको खातामा जम्मा गरिदिएको छ । सनराइज बंैक दार्चुला शाखाका प्रबन्धक राकेश बुढाथोकीले विद्यालय व्यवस्थापन समितिका अध्यक्ष धामीलाई बंैक र विद्यालयबीच भएको सम्झौताको पत्र हस्तान्तरण गर्दै छात्रवृत्ति प्रदान गर्नुभएको हो ।

उनीहरुले कक्षामा सधैँ सफलता प्राप्त गरेमा कक्षा १२ सम्म पढ्नका लागि बंैकले छात्रवृत्ति प्रदान गरिरहने छ । बंैकले हालसम्म आफ्नो १०औँ वार्षिकोत्सवका अवसरमा विभिन्न जिल्लाका १० जनालाई छात्रवृत्ति प्रदान गरिसकेको छ । (तस्वीर उपलब्ध छ)
रासस

प्रतिक्रिया

सम्बन्धित सामाग्री