बुधबार, १२ वैशाख २०८१

विमान दुर्घटनामा जलेका शवको पोस्टमार्टम जटिल

समयपोष्ट २०७४ फागुन ३० गते ०:४९

युएस–बंगला विमान दुर्घटनामा जलेका शवको पोस्टमार्टम गर्न चिकित्सकलाई समस्या भएको छ । विमान दुर्घटनापछि आगलागी हुँदा नराम्ररी जलेका शव पहिचान गर्नै नसकिने अवस्थामा रहेकाले पोस्टमार्टमा जटिलता थपिएको त्रिवि शिक्षण अस्पताल महाराजगञ्जका फोरेन्सिक विभाग प्रमुख डा. प्रमोद श्रेष्ठले जानकारी दिए ।

Advertisement

पोस्टमार्टम विभाग प्रमुख डा. हरिहर वस्तीसहितको टोलीले मंगलबार दिनभरीमा ११ शवको पोस्टमार्टम गरिसकेको छ । ‘दुर्घटनामा ज्यान गुमाएका ५० मध्ये ११ को पोस्टमार्टम भएको छ । तर उनीहरुको सनाखत गर्न समस्या भएको छ’, डा श्रेष्ठले भने, ‘शव नराम्ररी जलेका छन्, पहिचान गर्ने उपाय खोज्दैछौँ, महिला र पुरुष छुट्याउन पनि समस्या भएको छ ।’

डा श्रेष्ठका अनुसार पोस्टमार्टम गरिएका शवको कपालको अवस्था, रंग, गहना, उचाई र तौल हेरेर सनाखत गर्ने कोशिश भइरहेको छ । ‘फिङ्गर प्रिन्ट पनि लिने कोशिश गर्दैछौँ’, उनले भने, ‘अन्तिम विकल्पकारुपमा डिएनएसम्म गर्नुपर्ने अवस्था छ । यसो भएमा शवको पोस्टमार्टममा लामो समय खर्चिनुपर्ने हुन सक्छ ।’आजको अन्नपूर्णपोष्टबाट

प्रतिक्रिया

सम्बन्धित सामाग्री