बुधबार, १२ वैशाख २०८१

संसारको सबैभन्दा शक्तिशाली फौजमा अमेरीका पहिलो, नेपाली फौज कति औं स्थानमा ?

समयपोष्ट २०७४ फागुन २७ गते ९:०५

‘ग्लोबल फायर पावर’ले १३३ राष्ट्र समावेश गरिएको सैन्य तागतको सुचि सार्वजनिक गरेको छ ।

Advertisement

संसारभरको सेनाको तागतको विश्लेषण गर्ने उक्त शोध संस्थाले सैन्य तागतको विश्लेषणमा सेनाले प्रयोग गर्ने परम्परागत हतियारलाई मात्र समावेश गरिएको छ । जसमा परमाणु हतियारहरु भने समावेश गरिएका छैनन् ।

सुचिमा अमेरीका यसअघिझैँ आफुलार्इ पहिलो नम्बरमै उभ्याउँन सफल भएको छ ।

। सन् २०१७ मा अमेरीकाको रक्षा बजेट ५ खर्ब ८७ अर्ब अमेरीकी डलर थियो । उसँग १३ लाख सक्रिय सेना र ९ लाख ९० हजार रिजर्भ फौज रहेको छ । अमेरीकाको मुख्य शक्ति भनेको उसको हवाई र युद्धपोतको हो । उसँग १३ हजार युद्ध विमान रहेका छन् भने उसँग १९ वटा युद्ध पोत रहेको छ । यो भनेको बाँकी सम्पूर्ण शक्तिको युद्धपोतको कुल योग भन्दा धेरै हो । अमेरीकाले आफ्ना युद्धपोतहरु संसारभर रणनैतिक स्थानमा तैनाथ राखेको छ ।

दोश्रो नम्बरमा रहेको रुसले सन् २०१७ मा ४४ अर्ब अमेरीकी डलर रक्षा बजेट ल्याएको थियो । उसँग ८ लाख सक्रिय सेना र २५ लाख रिजर्भ फौज रहेको छ । रुसको सैन्य तागतको केन्द्रिय भाग उसको विशाल सङ्ख्यामा रहेको तोपलाई दिइन्छ । उसँग २० हजार तोप रहेको ।

तेस्रो नम्बरमा रहेको चीनले सोही समय १ खर्ब ६१ अर्ब अमेरीकी डलर छुट्यायो । चीनमा सक्रिय सेनाको सङ्ख्या २२ लाख रहेको छ भने १४ लाख रिजर्भ सेना रहेका छन् । चीनसँग तीन हजार लडाकू विमान रहेको छ भने तोपको सङ्ख्या साढे छ हजार रहेको छ ।

चीनले शीघ्र प्रगति गरिरहेकाले उसले उसले छिट्टै दोश्रो स्थान लिनसक्छ ।

भारत यो सुचिमा चौथो नम्बरमा रहेको छ । भारतको बजेट तेस्रो चीनको भन्दा तीन गुणा कम रहेको छ । भारतको रक्षा बजेट ५१ अर्ब अमेरीकी डलर रहेको छ । इन्डेक्स अनुसार भारतसँग दुई हजार युद्धक विमान रहेको छ । उसँग १३ लाखको सङ्ख्यामा सक्रिय सेनाको रहेको छ भने अतिरिक्त २८ लाख फौज रिजर्वमा रहेका छन् । यो फौजलाई आवश्यकताको बेलामा सेवामा वोलाउन सकिन्छ । भारतमा तोपको सङ्ख्या ४४०० रहेको छ । युद्धपोतको सङ्ख्या तीन उल्लेख छ ।

यो सुचिमा अर्को दक्षिण एशियाली राष्ट्र पकिस्तान पनि शिर्ष २० भित्र पर्न सफल भएको छ । पाकिस्तान सो सुचिमा १३ औं नम्बरमा रहेको छ । उसको रक्षा बजेट ७ अर्ब रहेको छ भने उसँग ६ लाख सेना रहेका छन् । उसँग यसको अतिरिक्त लगभग तीन लाख रिजर्व सेना रहेको छ।

सुचिमा नेपालला ९७ औं स्थानमा रहेको छ । नेपालको ९५ हजार सक्रिए सेना र ६२ हजार रिजर्भ फौजको जोडेर कुल एक लाख ५७ हजार को सैन्य फौज रहेको छ । सुचिमा नेपालको सन् २०१७ को रक्षा बजेट २१ करोड अमेरीकी डलर उल्लेख छ ।

यसका अतिरिक्त नेपाली फौजको तागत भनेको उसको साथ रहेको २२ वटा विमान र १८ वटा हेलिकप्टर हो । नेपालको सैन्य तागतमा १४८० वटा सशस्त्र बाहन पनि रहेको छ ।
एजेन्सी

प्रतिक्रिया

सम्बन्धित सामाग्री